Incident Reports

Chitwan Post: Households organize sit-in demanding restriction on their lands be lifted

2017-01-26

Almost 500 Households in Nawalparasi staged a sit-in at Land registration Office, Kawasoti demanding restriction on their lands to be lifted.The sit-in was organized on January 26 as a response against Center for Investigation of Abuse of Authority's(CIAA) restriction on land transaction in the district. As per the protesters, almost 3000 households of Naya Belhani, Rajhar, Deurali VDC and Shivmandir, amarapuri, Deuchuli, Tamasariya, kawasoti and Narayani VDC have been affected by suc restriction. अख्तियारले जग्गा किनबेचमा रोक लगाएपछि नवलपरासीका तीन हजार घरपरिवार जग्गा फुकुवाको माग गर्दै मालपोत कार्यालय धर्ना दिएका छन् । लालपुर्जा आफ्नो हाथमा छ, जग्गा पनि आफूसंगै छ, जोतभोग पनि गर्दै आएका छ तर अख्तियारले बिना कारण जग्गा किनबेच तथा पास गर्न र धरौटी राख्न समेत नपाउने गरी रोक्का गरिदिएपछि उनीहरु समस्यामा परेका छन् । नवलपरासीको नयाँ बेल्हानी, रजहर, देउराली गाविस र साविकको शिवमन्दिर, अमरापुरी, देवचुली, तमसरिया, कावासोती र नारायणी गाविसका बासिन्दाहरुको करिब तीन हजार घर परिवारको जग्गा अहिले यसरि रोकिएको हो । आफ्नो जग्गाको किनबेच तथा नक्सा पासमा रोक लागेपछि दैनिक जीवनयापनमै कष्टकर भएको भन्दै पिडितहरुले जग्गा फुकुवा गर्न माग गर्दै बिहीबार मालपोत कार्यालय कावासोती अगाडी धर्ना दिएका छन् । सुकुमबासी समस्या समाधान आयोग नवलपरासीका अद्यक्ष मनशोभा पाण्डे अद्यक्ष हुँदा पाण्डेयले नक्सा प्रमाणीत गरेको कारण देखाउँदै भएको जग्गा रोक्का, फुकुवा गर्न माग गर्दै पिडितहरु आन्दोलित भएका छन् । धर्नामा करिब पाँच सय जनाको सहभागिता रहेको थियो । संघर्ष समितिकी संयोजक रमिला भुजेलले पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउंदासमेत आफुहरुको समस्याको बिषयमा वास्ता नभएकोले आन्दोलन गर्नुपरेको बताए । धर्नाका कारण मालपोतको कामकारबाही ठप्प भएको छ । कावासोती मालपोत कार्यालयमा दैनिक तिन सय हाराहारीमा सेवाग्राही आउने गरेका छन् । २०३६ साल, २०४१ साल, २०४६ साल र २०५५ सालमा बुटवल क्षेत्रीय बसोबासले वितरण गरेको जग्गाको २०६७ सालमा तत्कालिन समयमा सुकुम्बासी समस्या समाधान आयोग नवलपरासीको अद्यक्ष रहेकी मनशोभा पाण्डेले नक्सा प्रमाणित गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of private land
Actor 1 - Number of people 500
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments