Incident Reports

दलित महिला कुट्नेलाई दुई लाख जरिवाना

2017-01-13

Karnali, Kalikot, Palata, Ward 8

 जिल्ला सदरमुकाम मान्मामा दलित महिलालाई कुटपिट गर्ने एक महिलाले रु दुई लाख जरिवाना तिरेकी छिन्। थिर्पु-९ निवासी जानकी वमले आर्थिक लेनदेनका क्रममा सोही गाविस-३ निवासी मालछिना लोहारलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी लोहारको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। कुटपिटका क्रममा मालछिना लोहारको ढाड र घाँटीमा गम्भीर चोट लागेको बताइएको छ। मालछिनाका पति करवीर लोहारले जिल्ला प्रशासन कार्यालयमा ज्यान मार्ने र छुवाछूतसम्बन्धी मुद्दा दायर गरेको १५ दिनपछि कार्यालयले उपचारखर्च तिराउनेगरी मिलापत्र गराएको थियो। प्रशासनले उपचार खर्चमात्र दिने नतोकेकामा दुबैपक्षका मध्यस्तकर्ताले रु दुई लाख उपचार खर्चस्वरुप पीडितलाई दिने सहमति भएको बताइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Surkhet

0 Comments