Incident Reports

दुई विद्यार्थी सङ्गठन बीच झडप, एक घाइते, १५ लाख बराबरको क्षति

2017-01-30

Gandaki, Tanahun, Ghiring, Ward 4

(PR) सुन्दर नपा-७ मा रहेको कृषि क्याम्पसमा नेविसङ्घ र अनेरास्ववियुबिच माघ १७ गते झडप हुँदा एकजना गम्भीर घाइते हुनुका साथै १५ लाख रुपियाँ बराबरको क्षति भएको क्याम्पस प्रशासनले जनाएको छ । विवादको कारण स्पष्ट नदेखिएपनि आउँदै गरेको स्ववियु चुनावको विषयमा झडप भएको हुनसक्ने जिल्ला प्रहरी कार्यलयका डिएसपी समीरचन्द्र खरेलले जानकारी दिए । झडपका क्रममा अनेरास्ववियु क्याम्पस प्रारम्भिक कमिटीका निवर्तमान उपाध्यक्ष २२ वर्षीय महेन्द्र सिंह धामी गम्भीर घाइते भएका छन् । घाइते धामी सुन्दरबजारमा रहेको कर्मदा अस्पतालमा उपचाररत छन् । धामीको टाउकोमा गम्भीर चोट लागेको कर्मदा अस्पतालले जनाएको छ । राति छात्रावासमा सुतिरहेको अवस्थामा १० बजेतिर करिब ५० जनाको टोलीले अनेरास्ववियुका माथि साङ्घातिक आक्रमण गरेको आरोप पीडित पक्षको छ । झडपमा संलग्न भएको आरोपमा नेविसङ्घ क्याम्पस इकाई समिति सदस्यहरू आंशिक विक, लोकराज भट्ट, जगदिश चौधरी, निरज दाहाल, दिपक पपानी, अनिश लामिछाने, साजन क्षेत्री, र अनेरास्ववियुका क्याम्पस प्राक सदस्य विपिन पराजुलीलाई माघ १८ गते बिहान प्रहरीले गिरफ्तार गरेको छ । अनुसन्धानपछि निर्दोष देखिएमा गिरफ्तार गरिएका विद्यार्थीलाई रिहा गरिने जिल्ला प्रहरी कार्यलयका डिएसपी समीरचन्द्र खरेलले जानकारी दिए । दोहोरो झडपका कारण क्याम्पसमा १५ लाख रुपियाँ बराबरको सामग्रीको क्षति भएको क्याम्पस प्रशासनले बताएको छ । झडप भए लगत्तै माघ १७ गते राति प्रमुख जिल्ला अधिकारी मोहन जिसीको नेतृत्वको एक टोलीले घटनास्थलको स्थलगत अनुगमनसमेत गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Unclear
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 10
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC , National/Online Media

0 Comments