Incident Reports

Locals staged siit-in at sub-metropolitancity

2017-01-11

Sudurpashchim, Kailali, Dhangadhi

Residents of Shantinagar, Dhangadhi sub-metropolitan city-1 staged sit-in at the sub-metropolitan city office demanding proper road and drinking water facilities on Wednesday. On the leadership of Manakamana Tole Development Committee, they have also submitted a memorandum to the executive officer and have blamed that they have been complaining about the incident many times but are always neglected by the concerned authority. धनगढी उपमहानगरपालिका – १ शान्तिनगरका बासिन्दाले सडक र खानेपानीको माग गर्दै बुधबार उपमहानगरपालिकाको कार्यालयमा धर्ना दिई कार्यकारी अधिकृतलाई ज्ञापनपत्र समेत बुझाएका छन् । शान्तिनगरमा गठन गरिएको मनकामना टोल विकास संस्थाको नेतृत्वमा उपमहानगरपालिका कार्यालय पुगेका स्थानीयले बजारबाट सबैभन्दा नजिकको टोल रहेपनि विकासमा एकदमै पछि परेको र सरोकारवाला निकायलाई पटक पटक आग्रह गर्दा पनि वास्ता नगरेको आरोप लगाए । टोल विकास संघर्ष समिति संयोजक तपेन्द्र भुषालले आफुहरुले त्रिवेणीघाट तर्फा जाने सडकसंग जोडिएको सीताराम बजगाईंको घर सम्मको १ किलोमिटर सडक पीच र यस टोलमा खानेपानी लाइन बिस्तार गरी दुई माग अघि सारेको जानकारी दिए । उनले यी मागको बेवास्ता गरिए कडा आन्दोलन गरिने समेत बताए । उपमहानगरपालिकामा स्थानीयको धर्ना पछि उनीहरुका मागका बारेमा छलफल भएको थियो । मनकामना टोल विकास संस्थाका अध्यक्ष देवीप्रसाद जोशीले आफुहरुले राखेका मागका बारेमा छलफल भएको र हाल ५ सय मिटर सडक पीच गर्ने आश्वासन पाएको बताए । उनले यी मागका बारेमा नगरमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई समेत जानकारी गराएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments