Locals of Kalaiya protested against the decision to divide parchauta into two parts.They also submitted a memorandum to the Prime Minister.
The locals and representatives of political parties of Beldari, Pakadiya, Benauli, Bishnupur and Piparapatti made a protest saying they want these places to be included in Pachrauta VDC.
If this demand is not fulfilled, they will be opting for strict agitation said, Rajesh Rauniyar, central member of Nepal Student Union.
पचरौतालाई सतमौजा नामबाट दुई टुक्रा बनाएको विरोधमा स्थानीयले कलैयामा प्रदर्शन गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन।
बाराको पचरौता गाउंपालिका निर्माण संघर्ष समितिले आइतवार बाराका साहायक प्रमुख जिल्ला अधिकारि मुकेश केशरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। गाउँपालिका निर्माण संघर्ष समितिका संयोजक विनोदकुमार यादव नेत्रित्वको विरोध र्यालीमा नेविसंघका सहमहामन्त्री राजेश रौनियार, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य राजकिशोर यादव, तमलोपाका केन्द्रिय सदस्य जीतेन्द्र सिंह एमालेका दिनानाथ सहनी, काँग्रेसका किशोरीप्रसाद यादवलगाएत स्थानीय सयौंको संख्यामा सर्वसाधारणको सहभागिता थियो। बेलदारी, पाकडिया, बेनौली, विष्णुपुर् र पिपरपाति गारी ५ वटा गाविसका राजनीतिक दलका प्रतिनिधि र स्थानीय बासिन्दाहरुले पहिचानमा रहेको ठाउँको नाम टुक्रा पारेर अरु गाउँमा मिलाउन खोजेको आरोप लगाउदै पाँचवटा गाविसलाई जोडेर पचरौता गाउँपालिका निर्माण गर्न जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई माग गरिएको नेताहरुको जनाएका छन्।
यो माग नेताहरुको नभई स्थानीय जनताको रहेकाले सबै मिलेर पाँच गाविसको माग पुरा नभए कडा आन्दोलनमा जाने नेविसंघका सहमहामन्त्रि रौनियारले बताए।