Incident Reports

Jana Bidroha: Woman and brother-in-law banished for having illicit relationship

2017-01-02

Province 1, Udayapur, Udayapurgadhi, Ward 6

Brother and sister-in laws living at Panchawati-4 were banished from the village by the locals for their illicit relationship. Yasodha Giri (28) and her brother-in-law Himal Giri (23) were given warnings by the locals after knowing about their illicit relationships but they did not stop their behavior, therefore they were banished from the village. Yasodha's husband was in Malaysia since 2 years and she has 2 sons and a daughter. उदयपुर, १८ पुस – अवैध सम्बन्ध राखेको आरोपमा उदयपुरको पञ्चावतीका देवर-भाउजुलाई स्थानीयले गाउँ निकाला गरेका छन् । पञ्चावती-४ स्थित नेपालटारकी २८ वर्षीया यशोदा गिरी र देवर २३ वर्षीय हिमाल गिरीलाई स्थानीयले गाउँ निकाला गरेका हुन् । उनीहरुबीच अवैध सम्बन्ध थाहा पाएर त्यसो नगर्न यसअघि नै स्थानीयले चेतावनी दिएकोमा नसुध्रेको भन्दै दुबैलाई गाउँ निकाला गरेको स्थानीयले बताएका छन् । देवरसंगको अवैध सम्बन्धबाट यशोदाको पेटमा ४ महिनाको गर्भ रहेको थाहा पाएपछि गाउँलेले सामाजिक बहिस्कार गरेका हुन् । उनीहरुबीचको कुकृत्य पत्ता लगाएर पटक पटक त्यसो नगर्न चेतावनी दिएकोमा सामाजिक छलफलको निर्णय नमानेर घृणित कार्य गर्न नछाडेपछि गाउँ निकाला गरेको स्थानीयले बताएका छन् । समाजले गरेको आग्रहलाई लत्याएर अवैध सम्बन्ध कायम राखेकै कारण सामाजिक बहिस्कार गर्नुपरेको उनीहरुको भनाइ छ । पिता विदेशमा रहेका बेला आमा गाउँ निकालामा परेपछि लालबालाको बिजोग भएको छ । यशोदाका श्रीमान इन्द्र गिरी दुई वर्षयता वैदेशिक रोजगारीको क्रममा मलेसिया रहेका छन् । इन्द्र र यशोदाको १५ वर्षअघि सामाजिक परम्परा अनुसार विवाह भएको थियो । उनीहरुका दुई छोरा र एक छोरी छन् । श्रीमती र छोराछोरीको मुहार हँसिलो बनाउने सपना साचेर विदेशिएका इन्द्र श्रीमती र भाइको सम्बन्ध थाहा पाएर स्तब्ध छन् । ससुरा तारानाथ गिरीका अनुसार दुई वर्षको अवधिमा छोराले पठाएको ४ लाख रुपैयाँ सबै यशोदाले फजुल खर्च गरेर सकेकी छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Local Newspaper - Morang

0 Comments