Incident Reports

क्याम्पस प्रमुख सम्पर्कविहीन

2017-02-15

Sudurpashchim, Kailali, Lamkichuha

लम्की बहुमुखी क्याम्पसका प्रमुख भीष्म थापा र सहायक कमल विष्ट सम्पर्कविहीन छन् । बुधबार करिब ३ बजेबाट उनीहरू सम्पर्कमा नआएका हुन् । विप्लव माओवादीसम्बद्ध अखिल क्रान्तिकारीलगायत केही विद्यार्थी संगठनले स्ववियु निर्वाचन सार्न दबाब दिँदै आएकाले उनीहरूले ‘अपहरण’ गरेको हुन सक्ने आशंका गरिएको छ । दुवै जनाको फोन स्विच अफ छ । लम्कीस्थित इलाका प्रहरी कार्यालयका निरीक्षक नरबहादुर साउदले दुवैजनाको अवस्था पत्ता लाग्न नसकेको बताए । ‘कसैले लगेको हो कि ? आफैं कतै गएका हुन् । त्यसबारे खुलेको छैन,’ उनले भने, ‘खोजी कार्य जारी छ ।’ क्याम्पस व्यवस्थापन समिति अध्यक्ष देवानन्द जैशीले दुवै जनाको मोटरसाइकल क्याम्पसमै रहेको बताए । ‘विप्लव समर्थित अखिल क्रान्तिकारीका विद्यार्थी निर्वाचन सार्ने पक्षमा थिए,’ उनले भने, ‘अनेरास्ववियु र नेविसंघ तोकिएकै मितिमा चुनावका पक्षमा थिए, त्यही विवादमा अपहरण गरिएको हो कि ।’ विप्लव समर्थित विद्यार्थी नेता झलक विकले स्ववियु निर्वाचन सार्ने भनेर ७ वटा विद्यार्थी संगठनले केन्द्रबाट विज्ञप्ति निकालेका र त्यसैअनुसार उनीहरूलाई लगिएको हुन सक्ने बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Abducted 2
National/Online Media , Local Newspaper - Surkhet

0 Comments