Incident Reports

Men arrested for assaulting woman over witchcraft allegation

2017-02-11

Lumbini, Rupandehi, Gaidahawa, Ward 7

Police have arrested 50 years old Ram Nayan Lodh and 35 years old Binod Lodhh on February 14 on charge of beating 58 years old Malati Kewat of Suryapura VDC-7 after alleging her of being witch. The victim complained that the accused had severely beaten her on charge of being witch. She sustained several bruises on her body. On a same incident, the victim’s 35 years old daughter was also injured while she was trying to settle the incident. The victim had lodged a complaint at Area Police Office of Suryapura after the incidents. According to the victim, the accused were arrested by the police however, they were released after two hours without doing any investigation. A complaint against the accused was lodged at DPO in an initiation of media personnel on February 15 according to DSP Bel Bahadur Pandey of DPO Rupendehi. The victim underwent a treatment at Bhim Hospital in Bhairahawa on a same day. सुर्यपुरा गाविस-७ की ५८ वर्षीया मालती केवटलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै प्रहरीले सोही ठाउँका ५० वर्षीय रामनयन लोध र ३५ वर्षीय विनोद लोधलाई फागुन ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले माघ २९ गते ‘ए बोक्सी तैँले मेरो बुहारीलाई मर्नु न बाँच्नु गराइस’ भन्दै कुटपिट गरेको पीडित पक्षको आरोप छ । आरोपितद्वयले आफ्नो आमालाई कुटपिट गरेपछि छुट्याउन जाँदा पीडितकी ३५ वर्षीया छोरी आरती केवटलाई समेत आरोपितले कुटपिट गरेको पीडित पक्षको आरोप छ । कुटपिटका कारण मालती केवटको दाँया हातमा गहिरो चोट र शरीरमा निलडाम देखिएको छ भने छोरी आरतीको ओठ तथा शरीरका विभिन्न अङ्गमा चोट लागेको स्थानीय बिन्दु चौहानले बताइन् । घटना लगत्तै पीडितहरूले इलाका प्रहरी कार्यालय सुर्यपुरामा उजुरी दिएका थिए । प्रहरीले आरोपितद्वयलाई गिरफ्तार गरी एक घण्टा पछि छाडेको थियो । प्रहरीले आरोपितलाई गिरफ्तार गरे पनि पीडितद्वयको घाउ जाँच र घटनासम्बन्धी अनुसन्धान नै नगरेको पीडितको आरोप छ । इलाका प्रहरी कार्यालय सुर्यपुराले वास्ता नगरेपछि पीडितहरूले स्थानीय सञ्चारकर्मीलाई गुहारेका थिए । सञ्चारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ०७३ फागुन ४ उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए । पीडितद्वयको फागुन ४ गते नै भिम अस्पताल भैरहवामा उपचार गरिएको डिएसपी पाण्डेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 2
INSEC , National/Online Media , Local Newspaper - Rupandehi

0 Comments