Cadres of Hindu organizations have reportedly attempted to disrupt a program being organized by Christian Society in Birgunj on Saturday. The program however, went ahead as planned due to swift intervention by police.
Cadres of Hindu organizations like World Hindu Youth Association and Hindu Volunteers Association reportedly tried to disrupt musical and mass prayer assembly being organized by Christian Society Parsa in the premises of Laldurbar infront of District Police Office and also threatened them not to organize the program. When requested not to disrupt the program, cadres of the Hindu organizations chanted slogans against Christian religion. Police took under control 12 cadres of the Hindu organizations after the situation started to turn unruly. They were later released around 4:00pm in the afternoon.
वीरगञ्जमा शनिबार क्रिष्चियन समाजले आयोजना गरेको सांगीतक तथा प्रार्थना सभालाई हिन्दुवादी संगठनका कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय अगाडि नै रहेको लालदरबार परिसरमा क्रिष्चियन समाज पर्साले आयोजना गरेको वीरगञ्ज सांगीतिक तथा चापागाई प्रार्थना सभालाई हिन्दुवादी संगठनका कार्यकर्ताले बिथोल्ने प्रयास गरेपनि प्रहरीको सकृयताका कारण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम सुरु नहुँदै कार्यक्रमस्थलमा पुगेका विश्व हिन्दु युवा संघ, हिन्दु स्वंयसेवक संघलगायतका हिन्दुवादी संगठनका कार्यकर्ताले कार्यक्रम नगर्न आयोजक क्रिष्चियन समाजका पदाधिकारीलाई धम्की दिएका थिए ।
आयोजकले कार्यक्रममा अवरोध नगर्न आग्रह गरेपछि उनीहरुले कार्यक्रम नै गर्न नदिने अडान राख्दै क्रिष्चियन धर्मको विरोधमा र हिन्दु धर्मको पक्षमा नाराबाजी गरेका थिए ।
स्थिती तनावपूर्ण बनेपछि प्रहरीले नाराबाजी गर्ने हिन्दुवादी संगठनका १२ जना नेता कार्यकर्तालाइ नियन्त्रणमा लिएर अपरान्ह चार बजे छाडेको छ ।