Incident Reports

Janakpur City Hospital shut by staff

2017-02-13

Madhes, Dhanusha, Janakpur

City Hospital, run by Janaki Medical College, in Janakpur is shut since February 13 due to the protest of the hospital employees, who have not been paid for the past one year. The agitating employees have padlocked the hospital, demanding unpaid salary, raise and allowances. The hospital staff have said they will continue the protest until their demand is addressed. जानकी मेडिकल कलेजले जनकपुरस्थित ब्रम्हपुरीचोकमा सञ्चालन गरेको ४५० बेडको सिटी अस्पताल बन्द भएको छ । कलेज व्यवस्थापनले लामो समय देखिको तलव नदिएको भन्दै चिकित्सक तथा कर्मचारीले २ फागुन देखि अस्पताल बन्द गरेका हुन् । ‘पुराना कर्मचारीहरुको झण्डै तेह्र महिना र नयाँ कर्मचारीले झण्डै चार महिना देखिको तलव पाएका छैनौँ । त्यसैले हामी सेवा बन्द गर्न बाध्य भएका हौँ ,’ संघर्षसमितिका एक सदस्यले भने, ‘अव तलव नखुवाउदासम्म अस्पताल खुल्दैन् ।’ अस्पतालका सबै सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका चिकित्सक तथा कर्मचारीले प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले प्रशासनले हस्तक्षप गरि तलव खाने व्यवस्था मिलाईदिन आग्रह गरेका छन् । यसअघि पनि सञ्चालन समितिमा लफडा हुँदा जेएमसीको एमबीबीएस कोटा नै रोकिएको थियो । यसपटक सञ्चालक फेरिएपछि पुन ८० सीट एमबीबीएस पाएको छ । ‘कलेज प्रशासनको पटक पटक ध्यानाकर्षण गरायौँ तर सुनुवाई भएन । आज हुन्छ भोली हुन्छ भन्दा भन्दै झुलाएर राखियो ,’ ती कर्मचारीले भने, ‘त्यसपछि भर्ना भएका विरामीलाई समेत अन्यत्र रिफर गरेर अस्पतालमा ताला लगायौँ ।’ जानकी मेडिकल कलेजमा अहिले सञ्चालक हरिमान लामा छन् । तर उनी अहिलेसम्म देखा नपरेको अस्पतालका कर्मचारीहरु बताउछन् । ‘कलेज प्रशासनले विद्यार्थी भर्ना गरेपछि आउने पैसाले तलव खुवाउने आश्वासन दिएको थियो । तर पछि त्यो पनि भएन । त्यसैले ताला लगाउन बाध्य भयौँ ,’ संघर्ष समितिका कर्मचारीले भने । सीटी अस्पतालमा दैनिक ३ देखी ५ सय विरामी उपचारका लागि आउने गर्दथे ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Dhanusha

0 Comments