Incident Reports

Udgosh: Eight youths arrested in accusation of rape

2017-01-25

Province 1, Morang, Katahari

Eight youths have been arrested in accusation of raping a young woman who was under the influence of alcohol. According to the locals, five of the arrested were from Kathari and three were from Siswani Jahada. The woman who was under the influence of alcohol, was taken to Dharmakata in Katahari and gang-raped on Sunday night. विराटनगर, १२ माघ – सडकमा सवारी साधन रोकेर लिफ्ट माग्ने एक युवतीलाई सामुहिक अनुचित कार्य गरेको आरोपमा मोरङ प्रहरीले आठ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरीका पाँच र सिसवनी जहदाका तीन जना रहेको स्थानीयले बताएका छन् । गएको आइतबार मध्य राति कटहरीमा रहेको धर्मकाँटामा लगेर युवतीलाई सो समूहले जबरजस्ती गर्दा उनी बेहोस भएकी थिइन् । बेलुका कटहरीबाट विराटनगर आउने क्रममा सडकमा मोटरसाइकल रोक्न लगाएपछि उनलाई चालकले गाउँतर्फ घुमाउन लगेका थिए । मादकपदार्थ सेवन गरेकी युवतीलाई धेरै बेर मोटरसाइकलमा घुमाएपछि धर्मकाँटामा ल्याएर अनुचित कार्य गरेका थिए । रातिनै प्रहरीले युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्ने युवाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । आठ मध्ये कटहरीका राजा र मन्त्री उपनामका दुई युवाको पहिचान भने स्थानीयले गरेका छन् । आठै जनालाई प्रहरीले म्याद थप गरी कारवाही अगाडी बढाएको छ । पक्राउ परेका मध्ये सो कार्यमा कति जना थिए भन्ने खुल्न सकेको छैन । घटनामा केहीको संलग्नता नभएको भन्दै उनीहरुलाई छुटाउने पहल गर्न स्थानीयले दौडधुप गरिरहेको बताईएको छ । पिडित युवतीले भने बेहोस भएकाले अनुचित कार्यमा कति जना संलग्न थिए भन्ने बताउन नसकेको स्रोतको भनाइ छ । घटनाको अनुसन्धान भइ सकेपछि मात्रै यस बारे सार्वजनिक गरिने प्रहरी नायब उपरिक्षक योगेन्द्र थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Local Newspaper - Morang

0 Comments