Incident Reports

Jansarokar Post: Teachers padlock school in Bhimdutta | तलबमा अपमान भएको भन्दै बाल विकासका शिक्षिकाद्वारा बैजनाथमा तालाबन्दी |

2017-01-16

Sudurpashchim, Kanchanpur, Bedkot, Ward 4

Teachers have padlocked Baijanath Higher Secondary School of Bhimdutta- 4, Kanchanpur on Monday claiming that they were discriminated in terms of salary. Due to padlocking, administration and regular activities of school has been obstructed. Teachers claimed that Principal, Narendra Raj Joshi arbitrarily deducted their salaries which is insulting to them. One of the teacher said that the school administration had agreed to increase Rs. 1000 in regular salary but it was not done in practice. The teachers said that the Principal deducted their salary without any information. महेन्द्रनगर, ३ माघ- कन्चनपुरको एक पुरानो सामुदायिक विद्यालयमा तालाबन्दी भएको छ | भीमदत्त नगरपालिका-४ को बैजनाथ उच्च माध्यमिक विद्यालयमा सोमबार तालाबन्दी भएको हो | विद्यालयका बालविकास शिक्षिकाहरुले आफुहरुमाथि अपमान तरिकाले पारिश्रमिकमा अनियमिता गरेको आरोप लगाउदै तालाबन्दी गरेका हुन् | तालाबन्दी संगै विद्यालयको प्रशासनिक र पठन पाठनमा समेत प्रभावित भएको छ | बाल विकास शिक्षिकाहरुले प्रधानाध्यापकले मनोमानी ढंगबाट बढेको तलब काटेको भन्दै तालाबन्दी गरेको बताएका छन् | बाल विकास शिक्षिका लक्ष्मी पाण्डे, लक्ष्मी पन्त र निर्मला खत्रीले चालु आर्थिक वर्षमा बढेको तलब प्रअ नरेन्द्र राज जोशीले मनोमानी ढंगले काटीदिएको भन्दै तालाबन्दी गरेको बताएका छन् | उनीहरुले अपमान र लाज हुने तरिकाले तलब काटीदिएको आरोप लागेका छन् | प्रअले बिना सूचना तलब काटेकोप्रति उनीहरुले आपत्ति समेत प्रकट गरेका छन् | बाल विकास शिक्षिका लक्ष्मी पाण्डेले साउनदेखि लागु हुने गरी मासिक एक हजार बढाउने सहमति भएको बताए | ' म छेक लिएर बैंक गए मेरो खातामा बढेको तलब दाखिला गरेको थिएन | उनले भनिन् ' मेरो अपमान भयो, खाली हात लिएर घर फर्किए | आफुहरुलाई विद्यालयले प्राथमिक तहसम्मको पाँच पिरिएड बापत मासिक एक हजार बढाउने सहमति जानेको थियो | विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन नहुँदा बाल विकास शिक्षिकाहरुले माग गरेको तलब अनुमोदन हुन नसक्दा नदिएको प्रअ नरेन्द्र राज जोशीले बताए | ' बाल विकास शिक्षिकाहरुको तलब बढाउने निर्णय भएको थियो | उनले भने, ' तर विद्यालय समिति गठन नहुँदा दिन सकिएन' | बाल विकास शिक्षिकाहरुले मनपरी ढंगले कहिले बढाउने कहिले घटाएर महिलाहरुको अपमान गरेको गुनासो गरेका छन् | विगतमा पनि विद्यालयले तलब बढाउने, घटाउने गरेर आफुहरुलाई शिक्षिका भन्दा पनि अमानविय व्यवहार गरेको समेत गुनासो पोखेका छन् | तालाबन्दीको विषयमा पिटिए बैठक मार्फत तत्कालनै समस्या समाधान गरिने पहल गरिने प्रअ जोशीले बताए |
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments