Incident Reports

पूर्व मन्त्री सांसद पौडेलमाथि आक्रमण प्रयास

2017-02-28

(PR) व्यवस्थापिका संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आयोजनामा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको प्रगति अनुगमनबारे निजगढमा फागुन १७ गते आयोजित अन्तक्रिर्या कार्यक्रममा एमाले बाराका क्षेत्र नम्बर ६ का सांसद एवम् पूर्व मन्त्री पुरुषोत्तम पौडेलमाथि माओवादी केन्द्र समर्थकहरूले आक्रमण प्रयाससँगै दुर्व्यवहार गरेका छन् । सांसद पौडेलले मन्तव्य राख्दै गर्दा केही सहभागी माओवादी समर्थकले मञ्चमा चढेर आक्रमण प्रयास गरेका थिए । आक्रमण प्रयासलाई सहभागी एमाले समर्थकले प्रतिरोध गरेपछि थप तनाव भएको थियो । कार्यक्रममा तनाव हुँदा कार्यक्रम बिथोलिएको थियो । सांसद पौडेलले यो कार्यक्रम सबैको साझा र राज्यको आयोजनामा भएकोले त्यसलाई दल विशेष बनाएर गतिविधि नगर्न सुझाएपछि आफूमाथि आक्रमण प्रयास र दुर्व्यवहार भएको बताए । कार्यक्रमको अध्यक्षता गरेका संसदीय समितिका सभापति सांसद प्रभु साहले सांसद पौडेलले मन्तव्यको क्रममा विषय प्रसङ्बाट बाहिर जाँदा स्थिति तनावपूर्ण भएको बताए । समितिका सदस्यसमेत रहेका पुर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विशिष्ट अतिथि रहेको सो कार्यक्रममा सांसदहरू जीतेन्द्र देव, उमेशकुमार मण्डल, राधादेवी तिमल्सिना र राज्यलक्ष्मी श्रेष्ठसमेत सहभागी थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
INSEC

0 Comments