Incident Reports

Death threats to son and brother-in-law of the victim

2017-03-07

(updated) Suman and Gyanbahadur Pariyar have received death threat. Suman Pariyar is the son of Laxmi Pariyar who was accused of being a witch and beaten to death while Gyanbahadur Pariyar is the brother-in-law of the victim. They were threaten by brother-in-law of Fulmaya Tamang through phone calls. Tamang is currently in custody for her alleged involvement in the crime. The brother-in-law has pressured the victim's relatives for release of Fulmaya Tamang from police custody. बोक्सीको आरोपमा मल मुत्र खुवाएर निर्घात रुपमा कुटपिट गरी हत्या गरिएकी लक्ष्मी परियारका छोरो सुमन र देवर ज्ञानबहादुर परियारलाई मार्ने धम्की आएको छ । सुमन र ज्ञानबहादुरलाई फुलमाया तामाङकी नन्दका श्रीमानले एक लेनलाइनबाट फोन गरी ज्यान लिने धम्की दिएका हुन । तर उनको नाम भने अहिले सम्म पत्ता लाउन नसकेको पिडित पक्षले जनाएको छ । फुलमायाका नन्दाभाईले फोन मार्फत थुनामा रहेको फुलमाया तामाङलाई बाहिर निकाल्नको लागि दवाव दिदै आफुसगैँ सुमनको पनि ज्यान लिने धम्की दिएको देवर ज्ञान परियारले दलितअनलाइनलाई जानकारी दिए । लक्ष्मी हत्या प्रकरणमा केही समय पहिले फुलमाया तामाङलाई प्रहरीले पक्राउ गरि थुनामा राखेको थियो । मंसिर २० मा घटेको उक्त घटनामा फुलमाया तामाङ पनि प्रत्यक्ष संलग्न रहेको गाऊँले बताएका छन । घटना पछि उनी फरार रहेको देवर परियारले बताए । “फुलमायालाई तैले नै गर्दा थुनामा राखिएको हो । उसको दोष केही छैन । तैले पुलिस लगाएर प्रक्राउ गर्न लगाइस । छिटो थुनाबाट निकाल्ने भए निकाल नभए तलाई र सुमनलाई मारिदिन्छु ।” उक्त व्यत्तिको धम्की दिदा भनेको भनाइलाई परियारले भने । ज्ञानबहादुर परियारले छोरो सुमन र आफुलाई ज्यान मार्ने धम्की दिएको निवेदन जिल्ला प्रशासन कार्यालयमा दर्ता गरे लगतै आफुहरुले अनुसन्धान गरेको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले बताए । ‘निवेदन आएको छ , अनुसन्धान भइरहेको छ , ’उनले भने । Update........................................... जातीय भेदभावका कारण पीडित दुई परिवारलाई सरकारले क्षतिपूर्तिस्वरुप १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। गत असारमा स्थानीय कल्पना पराजुलीसँग विवाह गरेका कारण रहस्मय ढंगले मारिएका काभ्रे होक्सेका अजित मिजार र सोही जिल्लाको सानो बाङथलीकी लक्ष्मी परियारको परिवारलाई रकम दिने निर्णय भएको हो। मिजार गत असार ३० गते धादिङको गजुरीमा मृत अवस्थामा भेटिएका थिए भने परियारलाई गत मंसिरमा बोक्सीको आरोपमा स्थानीय शिक्षक मिलन लामा तथा गाउँलेले कुटपिट गरेका थिए। त्यसको चार दिनपछि उनको मृत्यु भएको थियो। यी दुवै घटनाको छानबिन गर्न गठित कार्यदलको सिफारिसमा सरकारले रकम उपलब्ध गराउन लागेको हो। कार्यदलको संयोजक खेलकुद तथा युवा मन्त्री दलजित श्रीपाइली थिए। यी दुवै परिवारको शिक्षा तथा पालनपोषणका लागि भन्दै सरकारले थप तीनतीन लाख राहतसमेत प्रदान गर्ने भएको छ। कार्यदलले घटनाका आरोपी किटानी गरेर सिफारिस गरेको कार्यदलका संयोजक श्रीपाइलीका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले नागरिकलाई जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Youth youth
National/Online Media

0 Comments