Incident Reports

लक्ष्मी हत्या प्रकरणः छोरा र देवरलाई मार्ने धम्की

2017-03-07

जातीय भेदभावका कारण पीडित दुई परिवारलाई सरकारले क्षतिपूर्तिस्वरुप १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। गत असारमा स्थानीय कल्पना पराजुलीसँग विवाह गरेका कारण रहस्मय ढंगले मारिएका काभ्रे होक्सेका अजित मिजार र सोही जिल्लाको सानो बाङथलीकी लक्ष्मी परियारको परिवारलाई रकम दिने निर्णय भएको हो। मिजार गत असार ३० गते धादिङको गजुरीमा मृत अवस्थामा भेटिएका थिए भने परियारलाई गत मंसिरमा बोक्सीको आरोपमा स्थानीय शिक्षक मिलन लामा तथा गाउँलेले कुटपिट गरेका थिए। त्यसको चार दिनपछि उनको मृत्यु भएको थियो। यी दुवै घटनाको छानबिन गर्न गठित कार्यदलको सिफारिसमा सरकारले रकम उपलब्ध गराउन लागेको हो। कार्यदलको संयोजक खेलकुद तथा युवा मन्त्री दलजित श्रीपाइली थिए। यी दुवै परिवारको शिक्षा तथा पालनपोषणका लागि भन्दै सरकारले थप तीनतीन लाख राहतसमेत प्रदान गर्ने भएको छ। कार्यदलले घटनाका आरोपी किटानी गरेर सिफारिस गरेको कार्यदलका संयोजक श्रीपाइलीका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले नागरिकलाई जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Youth youth
National/Online Media

0 Comments