Incident Reports

Newspaper Office Vandalized

2013-04-29

According to the acting editor of the Dingla weekly, Makar Tamang, the hotel operator of Himali Hotel of Mulpani VDC-5, Geeta Basnet and her son Sujan looted the computer and vandalized the office with the help of Parash Thapa and Udaya Chapagain. The accused snatched the office’s keys from the news reporter Shambhu Khadgi with the help of Thapa and Chapagain and vandalized the office, according to the Area Police Office, Dingla. The Area Police Office of Dingla has arrested all the four accused who were involved in the incident on April 23. The arrested were released later on the same day after the discussion with political parties, and the representatives of civil society without any charges. Gyanendra Khadka भोजपुर । वैशाख १६ गते जिल्लाको उत्तरी क्षेत्रको केन्द्र दिङ्लाबाट प्रकाशन भइरहेको दिङ्ला खबर साप्ताहिकको कार्यालय वैशाख १० गते केही स्थानीय व्यक्तिहरूले तोडफोड गरी पत्रिका प्रकाशनमा प्रयोग भएका सामग्री लुटेका छन् । पत्रिका वितरणका लागि राखिएका पारश थापा र उदय चापागाईंको सहयोगमा मूलपानी गाविस-५ दिङ्ला बजारस्थित हिमाली होटलका सञ्चालिका गीता बस्नेत र उनका छोरा सुजनले पत्रिकाको कार्यालय तोडफोड गरी एकथान कम्प्युटर र वितरणका लागि राखिएको करिब ४ सय थान पत्रिका लुटेर लगेको सो पत्रिकाका कार्यकारी सम्पादक मकर तामाङले बताए । पत्रिकाका प्रमुख सम्वाददाता शम्भु खड्गीसँग रहेको कार्यलयको चाबी लुटेर सहयोगी थापा र चापागार्इंको मद्दतमा कार्यालय तोडफोड गरी सामान लुटिएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । पत्रिका कार्यालय तोडफोड र सामान लुटपाटमा संलग्न चारैजनालाई इलाका प्रहरी कार्यालय दिङ्लाले वैशाख १० गते नै गिरफ्तार गरेको थियो । गिरफ्तार गरी हिरासतमा राखिएकाहरूलाई राजनीतिक दल, वुद्धिजिवी र नागरिक समाजसँको छलफलपछि कारवाही नै नगरी वैशाख १० गते बेलुका छाडिएको थियो । ज्ञानेन्द्र खड्का

0 Comments