Incident Reports

पत्रिकाको कार्यालय तोडफोड l

2013-04-29

Gyanendra Khadka भोजपुर । वैशाख १६ गते जिल्लाको उत्तरी क्षेत्रको केन्द्र दिङ्लाबाट प्रकाशन भइरहेको दिङ्ला खबर साप्ताहिकको कार्यालय वैशाख १० गते केही स्थानीय व्यक्तिहरूले तोडफोड गरी पत्रिका प्रकाशनमा प्रयोग भएका सामग्री लुटेका छन् । पत्रिका वितरणका लागि राखिएका पारश थापा र उदय चापागाईंको सहयोगमा मूलपानी गाविस-५ दिङ्ला बजारस्थित हिमाली होटलका सञ्चालिका गीता बस्नेत र उनका छोरा सुजनले पत्रिकाको कार्यालय तोडफोड गरी एकथान कम्प्युटर र वितरणका लागि राखिएको करिब ४ सय थान पत्रिका लुटेर लगेको सो पत्रिकाका कार्यकारी सम्पादक मकर तामाङले बताए । पत्रिकाका प्रमुख सम्वाददाता शम्भु खड्गीसँग रहेको कार्यलयको चाबी लुटेर सहयोगी थापा र चापागार्इंको मद्दतमा कार्यालय तोडफोड गरी सामान लुटिएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । पत्रिका कार्यालय तोडफोड र सामान लुटपाटमा संलग्न चारैजनालाई इलाका प्रहरी कार्यालय दिङ्लाले वैशाख १० गते नै गिरफ्तार गरेको थियो । गिरफ्तार गरी हिरासतमा राखिएकाहरूलाई राजनीतिक दल, वुद्धिजिवी र नागरिक समाजसँको छलफलपछि कारवाही नै नगरी वैशाख १० गते बेलुका छाडिएको थियो । ज्ञानेन्द्र खड्का

0 Comments