Incident Reports

Staffs along with LDO locked up by dwellers of Mirmi

2017-03-13

Gandaki, Syangja, Kaligandagi

The local development officer (LDO) and some staffs were locked up by the local Mirmi people on March 13 according to RSS. LDO Bishwo Prakash Aryal along with his staffs were locked up while they were participating a public hearing program at Mirmi. The locals of Mirmi have been protesting against the decision of making Birgha as a centre for Kaligandaki Vilage Council. They have obstructed the program. The Mirmi dwellers were agitated after the LOD Aryal inaugurated the village council office on Monday. The agitating mass entered into the assembly hall and locked up the hall where public hearing program was operating according to witness Bhoj Raj Aryal. LDO Aryal including information officer, Dhana Prasad Koirala, Planning officer Yam Prasad Regmi were locked inside the hall for one hour. स्याङ्जाका स्थानीय विकास अधिकारीसहित केही कर्मचारीलाई फागुन ३० गते मिर्मीका स्थानीयवासीले थुनेको राससले जनाएको छ । फागुन ३० गते मिर्मीमा अयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गएका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालसहित जिविसका अन्य कर्मचारीलाई स्थानीयवासीले थुनेका हुन् । कालीगण्डकी गाउँपालिकाको केन्द्र विर्घा तय गरिएको विरोधमा स्थानीयवासीले सार्वजनिक सुनुवाइ सञ्चालन गर्न नै नदिई मिर्मी क्याम्पसको सभाकक्षमा सुरु हुनासाथै बाहिरबाट आक्रोशित भीडले तालाबन्दी गरेको हो । कालीगण्डकी गाउँपालिकाको केन्द्र मिर्मी वा विर्घा कायम गर्नका लागि दुईवटै स्थानको नाम पठाइएकोमा पछिल्लो समय विर्घा कायम भएर आएको भन्दै मिर्मीका स्थानीयवासी आक्रोशित बनेका हुन् । सोमबार नै स्थानीय विकास अधिकारी अर्यालले विर्घामा कालीगण्डकी गाउँपालिका कार्यालयको उद्घाटन गरेकाले पनि मिर्मीका स्थानीयवासी थप आक्रोशित भएका हुन् । “सभाहलमा सार्वजनिक सुनुवाइ सुरु भएलगत्तै आक्रोशित भीडले बाहिर र भित्र दुवैबाट च्यानल गेटमा तालाबन्दी गरेका हुन्, सभाहलमा जिविसका एलडिओसहितका कर्मचारी तथा कार्यक्रममा सहभागी अन्य स्थानीयवासी पनि थिए” प्रत्यक्षदर्शी भोजराज अर्यालले भने । स्थानीयवासीले दिउँसो करिब १ घन्टा स्थानीय विकास अधिकारी अर्यालसहित जिविसका सूचना अधिकृत धनप्रसाद कोइराला, योजना अधिकृत यामप्रसाद रेग्मी तथा सार्वजनिक सुनुवाइमा सहभागी भएका व्यक्तिहरू पनि सभाहलमै थुनिएका थिए । एक हप्ताअघि स्याङ्जामा सरुवा भएर आएका स्थानीय विकास अधिकारी अर्यालले भने केन्द्र कहाँ राख्ने भन्ने विषय निर्वाचित जनप्रतिनिधिले बहुमतका आधारमा टुङ्गो लगाउन सक्ने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Trend Analysis