Incident Reports

बालिका बलात्कारका आरोपित गिरफ्तार l

2013-04-29

Ghanashyam Khadka म्याग्दी । वैशाख १७ गते पिप्ले गाविस-६ का २३ वर्षीय लालबहादुर परियारलाई एक ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले वैशाख १६ गते आफ्नै घरबाट गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत इन्स्पेक्टर इन्द्रबहादुर अधिकारीका अनुसार आरोपित परियारले वैशाख ६ गते पिप्ले गाविस-६ मा बालिकालाई बलात्कार गरेका थिए । घटना सार्वजनिक गरे पीडितलाई हत्या गर्ने धम्की दिएकोले घट्ना समयमै सार्वजनिक नभएको इन्स्पेक्टर अधिकारीले बताए । पीडितका आफन्तले वैशाख १६ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी अनुसार पीडितले ०७० वैशाख १५ गते स्थानीय विद्यालयमा तल्लोपेट दुखेकोले विरामी भएको बताएपछि शिक्षिकाले सोधपुछ गर्दा बलात्कारको घट्ना खुलेको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । घनश्याम खड्का

0 Comments

Related Reports
Related Trend Analysis