Incident Reports

Case lodged against the accused of Human Trafficking

2017-03-15

Lumbini, Rupandehi, Butwal

A case against 44 years old Khem Bahadur Tamang of Nilkantha Municipality-14, Dhuwakot has been lodged at District Court on March 14 on charge of attempting to traffic 38 and 33 years old women pretexting them of good job. The victims were rescued from the Behaliya check post by police in support from Three Angels Nepal on March 11 while they were being trafficked to Kuwait via India. Police have arrested the accused based on evidence as the victims did not have any travelling documents with them. The victims were kept at Women rehabilitation centre in Rupendehi for counseling. DSP Bel Bahadur Pandey said that they will be hand over to their family. Reema BC ३८ र ३३ वर्षीया दुई जना महिलाहरूलाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर बेचबिखन प्रयास गरेको आरोपमा धादिङ जिल्ला निलकण्ठ नपा-१४, धुवाकोटका ४४ वर्षीय खेम बहादुर तामाङविरुद्ध चैत १ गते मुद्दा दर्ता गरिएको छ । पीडित महिलाद्वयलाई आरोपितले भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा थ्री एन्जल्स नेपाल संस्थाका कर्मचारीको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट फागुन २८ गते उद्दार गर्नुका साथै आरोपितलाई गिरफ्तार गरेको थियो । कुवेत जान हिडेका महिलाहरूसँग बैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकता केही पनि नभएको र आरोपित र पीडित महिलाहरूबिचमा समेत राम्ररी चिनजानसमेत नभएकोले मानव बेचबिखनको लागि लैजान लागेको प्रहरीले जनाएको छ । पीडित महिलाहरूलाई रुपन्देहीको महिला पुर्नस्थापना गृहमा राखी परामर्श गरिरहेको र परिवारसँग सम्पर्कपछि फर्काउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए । रीमा बि.सी.

0 Comments