Incident Reports

Locals obstructed vehicular movement in Siraha

2017-03-15

Madhes, Siraha, Sukhipur

Locals of Sukhipur municipality on Wednesday obstructed Dhangadimai highway as a protest against the government's decision of converting Sukhipur municipality into village council. A group led by "Save Sukhipur Municipality Struggle Committee" obstructed vehicular movement from 12 pm to 2 pm on Wednesday. सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिणत गरेको विरोधमा सुखीपुरवासीले बुधबार सिरहाको धनगढीमाई खण्डमा राजमार्ग अवरोध गरेका छन् । सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिको नेतृत्वमा मध्यान्ह १२ बजेदेखि २ घण्टा राजमार्ग अवरुद्ध गरेको हो । अवरोधका कारण लामो र छोटो दूरीका सवारी साधन धनगढीमाई क्षेत्रमा रोकिएको थियो । उनीहरुले सुखीपुरलाई नगरपालिका कायम गराउन माग गर्दै आएका छन् । नगरपालिका कायम गर्न माग गर्दै सुखीपुरवासीले आइतबारदेखि नै सुखीपुर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण गाउँपालिकाको काम प्रभावित भएको छ । सरकारले २०७२ असोज १ गतेको निर्णयबाट आसपासका सात गाविसलाई समायोजन गरी सुखीपुर नगरपालिका घोषणा गरेको थियो । तर, स्थानीय तह नयाँ संरचनाअनुसार सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिणत गरिएको थियो । सुखीपुर नगरपालिका बनाइँदा त्यतिखेर सुखीपुर, मोहनपुर कमलपुर, कविलासी, विद्यानगर, लर्कन्हा, बल्ही र सिलोरबा पिछवारी गाविसलाई समायोजन गरिएको थियो । १० वटा वडाहरु रहेको सुखीपुर नगरपालिकाको केही वडाहरु समायोजन गरी नयाँ संरचनाअनुसार कायम गरिएको अहिलेको गाउँपालिकामा आठ वडा बनाइएको छ । सरकारले स्थानीय तहको नयाँ संरचनाअनुसार सिरहामा ६ नगरपालिका र ११ गाउँपालिका कायम गरिएको छ । लहान, सिरहा, गोलबजार, मिर्चैया, कल्याणपुर र धनगढीमाई गरी ६ वटा नगरपालिका कायम गरेको छ । यसअघि कल्याणपुर गाविस थियो । २०७२ असोज १ नगरपालिका घोषित सुखीपुर नगरपालिका नयाँ संरचनाअनुसार गाउँपालिकामा परिणत भएको छ भने कल्याणपुर नगरपालिकामा परिणत भएको छ । स्थानीय तह नयाँ संरचनाअनुसार कर्जन्हा, सुखीपुर, लक्ष्मीपुर पतारी, बरियारपट्टी, औरही, अर्नामा, भगवानपुर, नरहा, नवराजपुर, सखुवानन्कारकट्टी र विष्णुपुर गरी ११ गाउँपालिका कायम गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Siraha

0 Comments

Related Trend Analysis