UDMF burnt the report submitted by Local Level Restructuring Commission in Janak Chowk on Sunday saying that it is anti Madhesh and not in accordance to the Federal System. They have demanded for the restructuring of local authorities on demographic basis meeting the aspiration of Madhesh Movement and amendment in report as per federal system. Leaders of Terai Madhesh Loktantrik Party, Federal Socialist party, Sadbhwana party were present in the program.
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा धनुषाले संघीय पुन संरचना आयोगको प्रतिवेदन प्रतिलिपी जलाएको छ । पुन संरचना आयोगको प्रतिवेदन मधेश विरोधी तथा संघीय प्रणाली अनुसार नभएको भन्दै मोर्चाले त्यसको विरोध गर्दै प्रतिलिपि जलाएको हो ।
जनसंख्याको आधारमा स्थानीय निकाय गठन गरिनुपर्ने, मधेश आन्दोनको मर्मलाई आयोगले समावेश गर्नुपर्ने, संघीय प्रणाली अनुसार प्रतिवेदन संशोधन गरी ल्याउनुपर्ने सहितका माग राख्दै मधेशी मोर्चाले प्रतिवेदन जलाएको हो ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्बद्ध दलहरुले आइतबार जनकपुरको जनकचोकमा प्रतिलिपि जलाएको होे । प्रतिलिपि जलाउने क्रममा तमलोपाका ,संघीय समाजवादी पार्टी, सद्भावना पार्टी लगायतका पार्टीका नेताहरुको उपस्थिती रहेको थियो ।