Relatives of a patient who died during the course of treatment at a local medical clinic in Siraha vandalized the clinic blaming the negligence on part of doctors at the clinic behind the cause of the patient's death.
25-year-old Rekhadevi Mukhiya of Bandipur Karjanaha-2 rural municipality was admitted to Raayin Medicare Center to undergo treatment for acne on Tuesday. But she reportedly died at night. Angered by the news, Mukhiya's relatives and locals vandalized the clinic on Wednesday.
Inspector Yam Adhikari of DPO Siraha informed that police had arrested Tahir Raayin, owner of the clinic afte the incident. Locals have accused that the clinic was being operated without registering in the district public health office. The deceased patient's mother-in-law Masihadevi Mukhiya informed that doctors at the clinic had performed surgery of the victim's face.
चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आज सिरहाको बन्दीपुरस्थित एक स्वास्थ्य क्लिनिकमा तोडफोड गरेका छन्।
अनुहारको डन्डीफोर हटाउने भन्दै मङ्गलवार स्थानीय राइन मेडिकेयर सेन्टरमा भर्ना भएकी सिरहास्थित कर्जनहा गाउँपालिका–२ बन्दीपुरकी २५ वर्षीया रेखादेवी मुखियाको गएराति मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयवासीले मेडिकेयर सेन्टरमा तोडफोड गरेका हुन्।
घटनालगत्तै प्रहरीले राईन मेडिकेयर सेन्टरका सञ्चालक ताहिर राइनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक यम अधिकारीले जानकारी दिए।
तोडफोड गरिएको राईन मेडिकेयर सेन्टर जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता नगराई अवैधरुपमा सञ्चालन गर्दै आएको स्थानीयवासीको आरोप छ। अनुहारको डण्डीफोर हटाउन भर्ना भएकी रेखाको अनुहारको राईन मेडिकेयर सेन्टरका सञ्चालकले शल्यक्रिया गरेको मृतककी सासु मसिहादेवी मुखियाले बताईन्।
शल्यक्रियापश्चात अत्याधिक रक्तश्राव भएर नरोकिएपछि रेखा बेहोस भएकी थिइन्। त्यसपछि रेखालाई कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लैजाँदै गर्दा बोटोमै उनको मृत्यु भएको परिवारले बताएको छ। रासस