Incident Reports

RPP stages demonstartion in Rautahat

2017-03-24

Madhes, Rautahat, Gaur

Rastriya Prajatantra Party - RPP district chapter of Rautahat staged a demonstration demanding halt to alleged division of development fund among corrupt position holders of local development offices. The demonstration rally that started from RPP Rautahat district Office ended after circling around the town. राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला शाखा रौतहटका पदाधिकारीहरुले विकास योजानाको रकम भागभन्डा बन्द गर्न विरोध जुलुस प्रदर्शन गरेका छन् । राप्रपा कार्यालयबाट निस्केको विरोध जुलुसले नगर परिक्रमा गर्दै भ्रष्ट स्थानीय विकास अधिकारी मुर्दाबाद, भ्रष्ट कार्यकारी अधिकृत मुर्दावाद, घुसखोरी बन्द गर, बजेट बाडफाड बन्द गर, निर्वाचन आचारसंहिता पालना गर जस्ता नारा लगाउदै राप्रपाका पदाधिकारी तथा कार्यकर्ताहरुले सदरमुकामको विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए । साधु, सन्त पनि जुलुसमा सहभागी थिए । यसै क्रममा राप्रपा कार्यालयमा भएको कोणसभामा जिल्ला अध्यक्ष सत्येंद्रकुमार सिहले बैशाखमा स्थानीय तहको निर्वाचन हुने भएकोले अहिले विकास रकम भागबन्डाले निर्वाचनमा असर पर्ने भएकोले अविलम्ब भागबन्डा बन्द गर्न सम्बन्धित निकाससंग जोडदार माग गरेको छ । विकास योजनाको उपभोक्ता समिति गठनमा व्यापक अनियमित्ता रहेको उनले नराखी राजनैतिक दबाबमा अप्रत्यक्ष उपभोक्तालाई समितिमा राखेको उनले आरोप लगाए । संसदीय विकास कोषदेखि जिविस अनुदान तथा जिविसको कोषको रकम व्यापक दुरुपयोग भएकोले स्थानीय विकास अधिकारी उमेश बस्नेतमाथि कार्यवाहीको माग गरे । विकास निर्माणको आवश्यक योजना टेन्डरद्वारा सम्पन्न गराउनुपर्ने उनले बताए । त्येसैगारी आजै भागबन्डा बन्द गर्न स्थानीय विकास मन्त्रालयमा लिखित उजुरी पठाएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments