Incident Reports

Hunger strike against local restructuring

2017-04-05

Madhes, Siraha, Sukhipur

Six people in Sukhipur, Siraha, have staged started a fast unto death strike, demanding municipality status for Sukhipur Village Council. The struggle committee, led by BP Bhuwan Yadav, began their death fast at the entrance of the village council office on Wednesday. The government had issued Sukhipur a municipality status in September, 2015, by incorporating Mohanpur, Kamalpur, Kabilasi, Bidhyanagar, Larkanha, Balhi and Silorawa Pachhawari. But the decision was scrapped by the Local Body Restructuring Commission before giving Sukhipur a village council status. The locals have been protesting against the commission’s decision for past one month. They took out rallies, staged demonstrations and obstructed vehicular movement along the East-West Highway to press their demand, but to no avail. “We were forced to stage a fast unto death protest because the authorities refused to heed to our demand,” said Yadav. सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिणत गरेको विरोधमा सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिले बुधबार दिउँसोबाट गाउँपालिका कार्यालयको मुख्य गेटमा आमरण अनसन सुरु गरेको छ । सुखीपुरलाई नगरपालिका कायम गर्न माग गर्दै संघर्ष समितिका संयोजक बिपीभुवन यादवको नेतृत्वमा रामभरोस साह, हरेराम यादव, रामकिसुन यादव, श्याम कुमार यादव र विन्देश्वर पञ्जियार आमरण अनसनमा बसेका हुन् । सरकारले २०७२ असोज १ गतेको निर्णयबाट मोहनपुर, कमलपुर, कविलासी, विद्यानगर, लर्कन्हा, बल्ही र सिलोरवा पछवारी लगायत आसपासका सात गाविसलाई समायोजन गरी सुखीपुर नगरपालिका घोषणा गरेको थियो । सरकारले पछिल्लो पटक गाउँपालिका निर्माण गर्ने क्रममा सुखीपुर नगरपालिकालाई गाउँपालिका निर्णय गरेलगतै सुखीपुरवासी सरकारी निर्णयको विरोधमा उत्रिएका थिए । उनीहरुले फागुन २९ गते गाउँपालिका कार्यालयमा तालाबन्दी गरी विरोध र्‍याली, राजमार्ग अवरोध, अनिश्चितकालीन धर्ना लगायत संघर्षका कार्यक्रम गर्दै आएका छन् । सरकारले सुनुवाई नगरेको भन्दै बुधबारबाट आमरण अनसन सुरु गर्न बाध्य भएको नगरपालिका बचाउ संघर्ष समितिका संयोजक विपीभुवन यादवले बताए । सरकारले स्थानीय तहको नयाँ संरचना अनुसार सिरहामा ६ नगरपालिका र ११ गाउँपालिका कायम गरिएको छ । लहान, सिरहा, गोलबजार, मिर्चैया, कल्याणपुर र धनगढीमाई गरी ६ वटा नगरपालिका कायम गरेको छ । यसअघि कल्याणपुर गाविस थियो । स्थानीय तह नयाँ संरचना अनुसार कर्जन्हा, सुखीपुर, लक्ष्मीपुर पतारी, बरियारपट्टी, औरही, अर्नामा, भगवानपुर, नरहा, नवराजपुर, सखुवानन्कारकट्टी र विष्णुपुर गरी ११ गाउँ पालिका कायम गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis