Incident Reports

Sakranti Bazaar shut following clash between locals and police

2017-04-08

Province 1, Terhathum, Myanglung

Sakranti Bazaar in Atharai Rural Municipality has remained closed since early morning today following a clash between locals and police yesterday evening. Almost all shops in the market are shut and transportaion service has come to a halt. Citing that they felt insecure due to clash between locals and the police, residents of Sakranti Bazaar have shutdown the market, informed Prem Poudel, FNCCI Sub-branch of Sakranti. Accusing the police of beating drivers local transport entrepreneurs have halted all vehicles passing through Sakranti Bazaar. हिजो साँझ प्रहरी र स्थानीयबीच भएको झडपपछि तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजार आज बिहानैबाट बन्द भएको छ । बजारका सबैजसो पसल बन्द भएका छन् भने यातायात ठप्प छ । बजारकोबीचमा रहेको इलाका प्रहरी कार्यालयमा हिजो साँझ प्रदर्शनकारीबाट ढुंगामुढा प्रहार भएपछि प्रहरीले ५ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । प्रहरी र स्थानीयको झडपपछि आफूहरु असुरक्षीत भएको भन्दै बजारवासीले बिहानैबाट संक्रान्ती बजार बन्द गराएको उद्योग वाणिज्य संघ उपशाखा संक्रान्तिका अध्यक्ष प्रेम पौडेलले बताए । झडपका क्रममा प्रहरीले सवारी चालक माथी समेत कुटपिट गरेको भन्दै सावारी चालाक र यातयात व्यावसायीले संक्रान्ती बजारबाट छुट्ने सबै प्रकारका सवारी बन्द गराएका छन् । सवारी बन्द भएपछि संक्रान्तीबाट पाँचथर, इलाम, झापा र तेह्रथुम सदरमुकाम म्याङलुङका लागि छुट्ने दर्जनौं सवारी संक्रान्ती बजारमै रोकीएका छन् । आठराई गाउँपालिका–१ की सरिता तामाङको गत चैत १७ गते परिवारले हत्या गरेको भन्दै निष्पक्ष छानबिनको माग राखेर मृतक तामाङका माइती पक्ष र स्थानीयले हिजो प्रहरी प्रशासन विरुद्ध आन्दोलन चर्काएका थिए । झडपमा परी सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार बिपराज राईसहित दर्जनौं प्रदर्शनकारी घाइते भएका थिए । प्रहरीले ६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । घाइते प्रहरीको प्राथमिक स्वास्थ केन्द्र संक्रान्ति बजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments