Incident Reports

HalesiTimes: Locals picketed area police office

2017-02-11

Province 1, Khotang, Rupakot Majhuwagadhi

Locals of Diktel have picketed area police office demanding action against the policeman on 11 Feb, who manhandled a senior citizen last night. The police has taken some locals in control stating that the locals were trying to manhandle the accused police in the police office.The locals went to the police station after they came to know the identity of the accused. जनताको जिउधनको सुरक्षाका लागि खटिएका प्रहरिबाटै असुरक्षित भएको भन्दै सदरमुकाम दिक्त्तेलका स्थानीयहरू आक्रोशित भएका छन् । गएराती दिक्तेलका एक ८४ वर्षीय वृद्धलाई प्रहरी जवानले मादक पदार्थ सेवन गरी कुटपिट गरेको भन्दै स्थानीयहरू भएका हुन् । आक्रोशित स्थानियहरुले जिल्ला प्रहरी परिसरभित्रै ती प्रहरी व्यक्तिमाथि कुटपिट गरेको आरोप लगाउँदै उल्टै प्रहरीले केहि व्यक्तिहरुलाई नियन्त्रणमा लिएका छन् । घरमा सुतिरहेको समयमा राती करीव १ बजे आफुहरुको ८४ वर्षीय बुवा चक्रकुमार श्रेष्ठमाथि जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान डिकबहादुर खड्काले बिनाकारण कुटपिट गरेको छोरा तिलक श्रेष्ठले बताएका छन् । राती अचानक ती प्रहरी जवानले होहल्ला गर्दै बिना कारण घरको ढोका खोलेर भित्र गई कुटपिट गरेपछि भैबुहारीले छुट्याएर पठाएकोमा शनिबार बिहानैदेखि ती व्यक्तिको हुलिया खोज्दै जाँदा प्रहरी भएको पहिचान खुलेको थियो । पहिचान खुलेपछि प्रहरी कार्यालयभित्रै स्थानीय रुद्र श्रेष्ठ लगायतको व्यक्तिले प्रहरी जवानमाथि हातपात गरेको आरोप लगाउँदै प्रहरीले पीडितका छोरा रुद्र श्रेष्ठ, तिलक श्रेष्ठ लगायतलाई नियन्त्रणमा लिएको हो। हामीले प्रहरी जवान माथि हातपात गरेको हैन, मध्यरातमा मेरो बुवामाथि कुटपिट गर्ने तै हैनस् भन्दै सामान्य सोधपुछ मात्र गरिएको हो तर अन्य प्रहरीहरुले हाम्रो स्टाफमाथि प्रहरी कार्यालयमै दुर्व्यहार गर्ने हो भन्दै उल्टै नियन्त्रणमा लिएको पिडितका छोरा तिलक श्रेष्ठले बताए । उता जिल्ला प्रहरी कार्यालयका सई मनोज यादवले रातको भन्दै प्रहरी जवानमाथि कुटपिट गरेको भन्दै प्रहरी जवानमाथि शनिबार दिउँसो कुटपिट गरेको भन्दै प्रहरीले स्थानियामाथि कुटपिट गरेको बताएका छन् । उनले प्रहरीले स्थानीयमाथि कुटपिट गरेनागरेकोबारे अनुसन्धान बाँकी रहेको बताउँदै प्रहरी प्रमुख डिएसपी नविनकिशोर प्रधान आएपछि आवश्यक छलफल हुने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Local Newspaper - Khotang

0 Comments