Incident Reports

Jitpur market shutdown against attack on local businessman

2017-04-18

Madhes, Bara, Jitpur Simara

Bara Federation of Nepalese Chambers of Commerce Industry has closed Jitpur market today until 2 PM demanding action against the culprit who attacked one of the businessmen. Lal Bahadur Shah, owner of Muskan Readymade Store was beaten on Monday by a group of 20/25 people who came from Tedbaat, Parsa. The businessmen of Jitpur market closed the market as a protest against this act and also demanded for legal action. व्यापारीलाई कुटपिट गरेको विरोधमा बारा उद्योग बाणिज्य संघ जीतपुर बजार बन्द भएको छ। जितपुरका सम्पूर्ण व्यापार व्यवसायहरु दिउँसो २ बजेसम्म बन्द भएको हो। सोमबार कपडा किनबेचको क्रममा भनाभन भई पर्सा टेडाबाट २०/२५ जनाको समुहमा आएका व्यक्तिहरुले मुस्कान रेडिमेड स्टोर पसलका संचालक लालबाबु साहलाई कुटपिट गरेका थिए। कुटपिटबाट साहको पिठ्युमा चोट लागेको छ। व्यापारी साह माथि भएको कुटपिटको विरोध गर्दै घटनाका दोषीलाई कारबाहीको माग राख्दै जितपुरका व्यापारीहरुले बिहानदेखि बजार बन्द गरेका थिए। बजार बन्द हुँदा दिनभर सुनसान भएको थियो। ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्द कार्कीले घटनाको छानबिन गरि दोषीलाई कारवाही गर्ने व्यावसायिहरु समक्ष प्रतिबद्धता जनाएपचि बजार खुलेको थियो। घटनामा रहेको भन्दै ईलाका प्रहरी कार्यालय सिमरामा पर्साको बेलवा प्रसौनी बस्ने ५ जनाको नाममा लिखित उजुरी परेको छ। "मैले भेष्ट ५ सय ५० रुपैयाँ भनेको थिए। उसले ३ सय ५० रुपैयाँमा दिन भने, मैले त्यतिले त मलाई फाईदा हुन्ना दिन सक्दिन भन्दा उसले उपशब्द प्रयोग गर्यो त्यसपछि भनाभन भएको थियो"। व्यापारी साहले भने त्यसपछि उसले गाउँका २०/२५ जना बोलाएर मलाई कुटेको हो. कुटपिट गर्ने समूहले पसलबाट नगद १ लाख २० हजार रुपैयाँ समेत लागेको व्यापारी साहको आरोप छ। उद्योग बाणिज्य संघले जीतपुर शाखाले घटनाको घोर विरोध गरेको छ। संघ जीतपुरका उपाध्यक्ष रामबाबु गुप्ताले दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनले जीतपुर नगरीमा शान्तिपूर्ण ढंगले व्यापार व्यासाय गर्ने वातावरण निर्माण गर्न स्थानीय प्रशासनसंग माग गरेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments