Incident Reports

Temporary police stage protest in Dhanusha

2017-04-24

Madhes, Dhanusha, Janakpur

Temporary police( Myadi prahari) on Monday staged protest demonstration in front of zonal police office of Janakpur accusing the administration of torturing them in the name of training. The participants of the training started protesting when a woman and three man lost their consciousness during the training on Monday. The training is being harsh for them, due to high heat of the sun, said the participants. According to the Deputy Superintendent Police, Manoj Yadav, usually training of the police is always difficult, some of the participants lost their consciousness due to high heat while some of them are just faking around therefore, any participants who will fake of being unconscious will be banished from the training. स्थानीय तहको निर्वाचनमा सुरक्षा प्रदान गर्ने म्यादी प्रहरीका रुपमा तालिम लिरहेकाहरुले जनकपुरमा प्रहरी प्रसाशनको बिरोधमा प्रदर्शन गरेका छन्। म्यादी प्रहरीका लागि प्रसाशनद्वारा दिईने तालिममा आफुहरुलाइ यातना दिएको भन्दै तालिममा सहभागी आक्रोशित बनेका हुन्। तालिमका क्रममा सोमबार एकजना महिला र तीनजना पुरुष बेहोस भएपछि अन्य तालिममा सहभागीहरुले होहल्ला गर्दै बिरोध प्रदर्शन गरेका हुन्। तराईमा गर्मि बढ्दै गएको अवस्थामा कडा घाममा पनि आफुहरुलाइ तालिम दिने गरिएको र सोहि क्रममा चर्को घाममा दौडाउने क्रममा साथीहरु बेहोश भएको म्यादीको तालिममा सहभागी युवाहरुले बताउनु भयो। आक्रोसित म्यादीहरुले जनकपुर अञ्चल प्रहरी कार्यालयमा हातमा लाठी लिएर केहीबेर होहल्ला गरेका थिए। तालिमका क्रममा बेहोश भएकाहरुमा जनकपुर उपमहानगर पालिका ९ निवासी ज्ञानु कर्ण , गोपालपुर निवासी पुनेश्कुमार यादव , जनकपुर १३ निवासी धिरेन्द्र कुमार दास, र धनौजी कटैयाका बिजय मुखिया रहेको जनकपुर अञ्चल अस्पतालले जानकारी दिएका छन्। म्यादी प्रहरीको प्रदर्शनका कारण केहि बेर तालिम स्थलमा तनाब उत्पन्न भएको थियो। प्रहरीको तालिम अलि कडा खालकै हुने गरेको र यस्तो अवस्थामा गर्मिले केहि तालिमकर्ताहरु बेहोश भएपछि होहल्ला भएको प्रहरी नायब उपरीक्षक मनोज यादवले बताउनुभयो। केहि बेहोश र केहिले नाटक पनि गरेका हुन् , उहाले भन्नु भयो। यस्ता प्रकारका बदमासी गर्नेहरुलाइ खोजेर कारबाही गर्छौ। धनुषामा हाल जिप्रका धनुषा अन्तर्गत ५०० र जनकपुर अञ्चल प्रहरी कार्यालय अन्तर्गत ३०० जनाले म्यादी प्रहरीको तालिम लिईरहेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments