Incident Reports

Daughter-in-law arrested on charge of murdering mother-in-law

2017-04-14

Madhes, Parsa, Pokhariya, Ward 7

Police have arrested Sohita devi resident of Pokhariya municipality-7 on the case of murder of her mother-in-law. Chakra Raj Joshi, Deputy Superintended of police of District Police Office has informed that from preliminary investigation it has been found that Sohita Devi has murdered her mother-in-law Seti Devi Tatwaa. Sohita Devi was helped by Ghuri Das Tatwaa to murder her mother-in-law. The husband and son of the victim were in Narayanghat when the incident happened. When they came back funeral was already conducted. After 13 days the family started inquiring the villagers about the incident and the villagers said they were not shown the body of Seti Devi Tatwaa. नाठोसँग मिलेर सासूको हत्या गरेको कसूरमा प्रहरीले पोखरिया नपा–७ बस्ने सोहिता देवीलाई पक्राउ गरेको छ।     जिप्रका, पर्साका प्रनाउ चक्रराज जोशीले प्रारम्भिक अनुसन्धानबाट सोहिता देवीले धुरी दास तत्वासँग मिलेर सासू सीतादेवी तत्वाको हत्या गरेको पाइएकोले निजहरूलाई पक्राउ गरेको जनाएका छन् । घटना अनुसार वैशाख १ गते सीतादेवी तत्वाको मृत्यु भएको बुहारी सोहिता देवीले गाउँमा हल्ला फैलाएकी थिइन्। उनले धुरी दास तत्वालगायत व्यक्तिको सहयोगमा सोही दिन सासूको दाहसंस्कार पनि गरिन्। प्रहरीलाई समेत खबर नगरेर सोहिताले सासू कालगतिले मरेको हल्ला फैलाएर दाहसंस्कार गरेकी थिइन्।     नारायणघाटमा पति सुनील दास तत्वा र ससुरा सीदयाल तत्वा काम गर्ने र मृत्युको खबर सुनेर घर फर्कदा दाहसंस्कार भइसकेको थियो। घटनाको १३ औं दिन गाउँलेहरूले सीतादेवीको शव बुहारीले दर्शन नगराएको गुनासो गरेपछि हतारमा दाहसंस्कार गरिएको र गाउँलेलाई पनि मृत्युपश्चात् दर्शन नगराइएको कुराले शङ्का लागेर छोरा र ससुराले सोधखोज गरेका थिए। कुरा प्रहरीसम्म पुगेपछि कटी बेस क्याम्पले इप्रका पोखरियालाई खबर ग¥यो। घटनामा संलग्न रहेको आशङ्कामा इप्रका पोखरियाले धुरी दास तत्वा, सोहिता देवी र अर्का एकजनालाई पक्राउ गरेको छ।     प्रहरी अनुसन्धानबाट सोहिता र धुरीबीच अनैतिक सम्बन्ध रहेको र उनीहरूकै मिलोमतोमा सीता देवीको हत्या भएको खुलेको छ। प्रहरीले घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको जनाएको छ। धुरी दास र सोहिता पक्राउ परेपछि गाउँका १० जना युवक फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Parsa

0 Comments