Incident Reports

Temporary teachers on sit-in

2017-04-27

Madhes, Parsa, Birgunj

Temporary teachers performed a sit-in program at District Education Office and they also staged demonstration. They were in agitation since long time demanding them to make permanent without taking examinations but the eight amendment of education act have put forward golden handshake and internal competition. गत चैत महिनामा शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरूको आन्तरिक प्रतिस्पर्धा गराई पदपूर्ति गर्न खोलेको विज्ञापनविरुद्ध देशभरका अस्थायी शिक्षकहरू आन्दोलित भएका छन्।     सोही क्रममा पर्साका अस्थायी शिक्षकहरू पनि जिल्ला शिक्षा कार्यालय, पर्सामा धर्ना कार्यक्रममार्फत विरोध तथा प्रदर्शन शुरु गरेका छन्। अस्थायी शिक्षक नेताहरूका अनुसार यति लामो समयदेखि काम गर्दै आएका अस्थायी शिक्षकहरूलाई सोभै बिनाप्रतिस्पर्धा स्थायी गर्नुपर्ने भन्दै विगतमा आन्दोलन गर्दै आएका थिए तर शिक्षा ऐनको आठौं संशोधनमा अस्थायी शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धा वा गोल्डेन हेन्डसेक प्रणालीमार्फत व्यवस्थापन गर्दै नेपालको शिक्षा नीति अघि बढने सम्झौता भएको थियो।     सोही अनुरूप चुनाव घोषणा भएपछि पदपूर्तिको लागि शिक्षक सेवा आयोगले विज्ञापन खोल्यो। उता नेपाल सरकार, शिक्षा मन्त्रालय र अस्थायी शिक्ष्कहरूबीच सर्वोच्च अदालतमा चलिरहेको मुद्दा पनि सरकारले जितेको छ। अस्थायी शिक्ष्Fकहरू पराजित हुँदै चुनावको मिति घोषणा भइसकेपछि  गरिएको विज्ञापन आचारसंहिताविपरीत भएकोले सर्वोच्चमैं शिक्षक सेवा आयोगविरुद्ध अपहेलना मुद्दा दर्ता गर्ने शिक्ष्Fक नेताहरू तयारीमा छन्।     पर्साका अस्थायी शिक्षक सङ्घर्ष समितिका सहसचिव भरत गिरीका अनुसार आज पनि दिनभर जिशिका पर्सामा धर्ना दिइएको थियो। अस्थायी शिक्ष्Fकहरूको धर्नामा मधेसवादी दलको समर्थन रहेको उनले बताए। अस्थायी शिक्ष्Fकहरूलाई राष्ट्रिय जनता पार्टी नेपालका नेता विमल श्रीवास्तव, प्रेमबाबू पटेल, राजेशमान सिंहलगायतले जिशिका पुगेर समर्थन जनाएका थिए। पर्सामा आन्दोलन शुरु भएलगत्तै बारामा पनि अस्थायी शिक्ष्Fकहरू आन्दोलित भएका छन्।     यही वैशाख १७ गतेसम्म पदपूर्तिको विज्ञापन अनुसार आवेदन गर्नुपर्ने वा गोल्डेन हेन्डसेकमा जानुपर्ने समय रहेकोमा त्यो प्रक्रिया बहिष्कार गरी पर्सा, बाराका अस्थायी शिक्ष्Fकहरू आन्दोलित भएका हुन्। पर्सामा ४ हजार, बारामा साढे ४ हजार र देशमा ३० हजार अस्थायी शिक्ष्Fक सरकारी विद्यालयमा कार्यरत छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 30 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments