Incident Reports

दलितमाथि कुटपिट

2017-03-29

Lumbini, Kapilbastu, Kapilbastu, Ward 8

(PR) देवीथानमा पूजा गरेको आरोप लगाउँदै कपिलवस्तुको दोहनी ६, बेलौहास्थित एक दलित परिवारमाथि कुटपिट गरिएको छ । घाइते ६ जनाको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गत शनिबार साँझ राजाराम कोरीको परिवारमाथि गाउँकै रामानन्द चौधरीलगायतको समूहले आफ्नो जमिनमा रहेको देवीको थानमा पूजाआजा गरेको भन्दै कुटपिट गरेको पीडितको दाबी छ । ‘पूजाआजाको विषयलाई लिएर जग्गाधनी चौधरीको समूहले घरमै आएर आक्रमण गरे,’ राजारामले भने, ‘हामीलाई बारम्बार अपमान गर्ने गरिएको छ ।’ पूजा सकेर फर्कने क्रममा चौधरीकी पत्नीले आफ्नो जमिनमा चमार जाति किन गएको ? भन्दै गालीगलौज गरेको राजारामले बताए । काकामाथि हानिएको खुकुरीको प्रहारलाई छेक्न खोज्दा बुबा जगनारायणको हात काटिएको राजारामको भनाइ छ । कुटपिटबाट जगनारायण, रामप्रखन, राजाराम, तीर्था, सावित्री र सद्धा कोरीलगायत घाइते छन् । कपिलवस्तुका एसपी भोजजंग शाहले उक्त घटनामा संलग्न रामानन्द चौधरीसहित ३ जनालाई पक्राउ गरेर मुद्दा दर्ता गरिएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media

0 Comments