Incident Reports

छोराले अन्तरजातीय बिहे गर्दा बाबु थुनामा

2017-03-27

Madhes, Sarlahi, Parsa

छोराले अन्तरजातीय बिहे गरेकै कारण बाबुलाई प्रहरीले नियन्त्रणमा लिएर आठ दिन थुनेको छ। पर्साको बहुदरा गाउँपालिका १ का जमुना साह कलवारलाई प्रहरीले वैशाख १४ गते नियन्त्रणमा लिएर सार्वजनिक अपराध मुद्दमा आठ दिन थुनेको हो। कलवारका छोरा २७ वर्षीय रामबाबु साह कलवारले गाउँकै अलियास देवानकी छोरी २१ वर्षीया सौयादासँग बिहे गरेपछि त्यही आरोपमा प्रहरीले बेहुला रामाबाबुका बुबा जमुनालाई पक्राउ गरेर आठ दिन थुनामा राखी बिहीबार छाडेको छ। प्रेम सम्बन्धमा रहेका रामाबाबु र सौयादाले करिब डेढ महिनाअघि घरबाट भागेर भारतको दिल्लीमा गई मन्दिरमा बिहे गरेका थिए। बेहुलीका बुबा अलियासले रामबाबु र उनका बुबा जमुनालगायतले आफ्नी नाबालिग छोरीलाई ललाई फकाई अपहरण गरेर बेपत्ता बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएपछि प्रहरीले गत वैशाख १४ गते जमुनालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दर्ता गरी थुनामा राखेको हो। पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले केटी पक्षले रामबाबु र उनका बुबाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गराएको र खोजतलासका क्रममा रामबाबु फरार रहेकाले उनका बुबा जमुनालाई नियन्त्रणमा लिएर सार्वजनिक अपराधअन्तर्गतको मुद्दा चलाइएको बताउनुभयो। ‘अभिभावकलाई ल्याएर नथुनेसम्म भागेका केटाकेटी हाजिर नै हुँदैनन्। यो यहाँको प्रवृत्ति नै बनिसकेको छ’, प्रहरी उपरीक्षक साहले भन्नुभयो, ‘यो घटनामा पनि यस्तै भयो। केटाकेटी डेढ दुई महिनादेखि भागेका थिए। जब केटाको बाबुलाई ल्याएर थुन्यौं अनि केटाकेटी दुवै प्रहरीमा उपस्थित भए।’ उहाँले भन्नुभयो, ‘केटी पक्षले अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गराएको थियो तर हामीले सार्वजनिक अपराध मुद्दा मात्र चलायौं।’ प्रहरीले बेहुलाका बुबा जमुनालाई नियन्त्रणमा लिएर थुनामा राखेपछि बेहुला रामबाबु र बेहुली सौयादा बुधबार जिल्ल प्रहरी कार्यालय पर्सामा हाजिर भएका थिए। ती दुवैलाई पनि प्रहरीले रातभर थुनेर राखेको थियो। बुधबार जिल्ला प्रहरी कार्यालयमा हाजीर भएका बेहुला रामबाबु साह कलवार। डेढ महिना पहिले घर छोडेर भागेका रामबाबु र सौयादाले भारतको दिल्लीस्थित एक मन्दिरमा हिन्दु रीतिरिवाजअनुसार बिहे गरेपछि महोत्तरीको जलेश्वरमा आएर बसेका थिए। जलेश्वरमा बस्दा केटी पक्षबाट अनेक धाकधम्की आउन थालेपछि दुवैजनाले जलेश्वरस्थित जिल्ला अदालतमा गएर गत वैशाख १५ गते श्रीमान् श्रीमतीबीचको नाता कायम गराई कानुनी रूपमा बिहे गरेका थिए। यता बेहुलाका बुबालाई प्रहरीले हिरासतमा लिएर थुनपेछि बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा बेहुला रामबाबु र बेहुली सौयादा हाजिर भएपछि बेहुली पक्षकाले दुवैजनालाई अलग गराउन प्रहरीलाई दबाब दिएका थिए। बेहुला पक्षले बिहे गर्ने उमेर पूरा भई कानुनी रूपमा गरिएको बिहेलाई मान्यता दिन दबाब दिएपछि प्रहरीले बिहीबार दिउँसो बेहुला र बेहुलीलाई बेहुलाका अभिभावकको जिम्मा लगाएर पठाएको छ। ‘दुवैको बिहे गर्ने उमेर पुगेको देखिएपछि केटा र केटीलाई केटाका अभिभावकको जिम्मा लगाइदियांै’, पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले भन्नुभयो, ‘नेपालको कानुनअनुसार २० वर्ष उमेर पुगेका केटा र केटीले आफू खुसी बिहे गर्न पाउँछन्, अभिभावकको मञ्जुरी चाहिँदैन।’ प्रहरीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चालाएर आठ दिनदेखि थुनामा राखिएका बेहुला रामबाबुका बुबा जमुनालाई पनि बिहीबार दिउँसो रिहा गरेको छ। बुधबार जिल्ला प्रहरी कार्यालयमा हाजीर भएकी बेहुली शौयादा खातुन। जिल्ला प्रशासन कार्यालय पर्सामा पाँच सय रुपैयाँ धरौटी तिरेर जमुना रिहा भएका हुन्। ‘थुनामा हुँदा पुलिसले मलाई अनेक यातना दिए, सधैं राति कुट्थे’, जमुनाले भन्नुभयो, ‘एक त मेरो छोराले कुनै गल्ती गरेको थिएन। गल्ती नै गरेको थियो भने सजाय उसलाई नै हुनुपथ्र्यो तर मलाई पुलिसले आठ दिन थुनामा राखेर एकदमै दुःख दियो। ममाथि ठूलो अन्याय भएको छ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Secondary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments