Incident Reports

Annapurna: Dispute between Parliamentarian and Office Chief escalates to physical violence

2017-05-05

Parliamentarian Rajkumar Gupta from Parsa's constituency no. 3 and Saroj Goite, Chief of Department of Urban Development and Building Construction had an altercation in the office of the Department situated in the premises of District Administration Office. The fight was over a dispute over Janata Aawas (Residency) program. The fight arose when Gupta who is also one of the members of the Parsa residency program went to the Department to seek information on the residency program. Chief Saroj Goite had denied to give information to Parliamentarian Gupta's representative Rajendra Bahadur Amatya on the matter of hiring 11 people in the program. Dispute started when Parliamentarian Gupta himself went to the Department but Chief Goite did not provide him information on the matter. Fight between them started when Gupta hit him with stamp pad and Goite threw mobile phone on Gupta. According to the witnesses, following the fight, Gupta and his cadres started beating Goite and dragged him to the nearby Chief District Officer Keshavraj Ghimire's cabinet. पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता र वीरगन्जस्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सरोज गोइतबीच हात हालाहाल भएको छ ।जिल्ला प्रशासन कार्यालय पर्सा परिसरमा रहेको डिभिजन कार्यालयमा शुक्रबार साँझ कार्यालय प्रमुख गोइत र सांसद गुप्ताबीच कुटाकुट भएको हो । जनता आवास कार्यक्रमका विषयमा विवाद चर्किएपछि गुप्ता र गोइतबीच कुटाकुट भएको हो । जनता आवास कार्यक्रम पर्साको सदस्यसमेत रहेका गुप्ता जनता आवास कार्यक्रमको सूचना माग्न जाँदा विवाद भएको थियो । जनता आवास कार्यक्रमका लागि कार्यालय प्रमुख गोइतले करारमा ११ जना कर्मचारी नियुक्त गरेपछि यस विषयमा सूचना माग्न सांसद गुप्ताका प्रतिनिधि र कार्यक्रमका संयोजकसमेत रहेका पर्सा क्षेत्र नम्बर १ का सांसद राजेन्द्रबहादुर अमात्यका स्वकीय सचिव अवधेश साह शुक्रबार अपराह्न डिभिजन कार्यालय पुग्नुभएको थियो । तर कार्यालय प्रमुख गोइतले सूचना दिन आनाकानी गरेपछि सांसद गुप्ता आफैं गोइतको कार्यकक्षमा पुग्नुभयो । दुवैजनाबीच गालीगलौज भयो । सांसद गुप्ताले स्ट्याम्प प्याड र गोइतले मोबाइल प्रहार गरेपछि दुवैबीच कुटाकुट सुरु भयो । त्यसपछि सांसद गुप्तासँगै गएका कार्यकर्ताले गोइतलाई कुटपिट गर्दै घिसारेर नजिकै रहेको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको कार्यकक्षमा लगेको प्रत्यक्षदर्शीले बताएका छन् । 'मजस्तो माननीय जाँदा पनि उनले कुनै रेस्पोन्स नगरेपछि मैले किन यस्तो गरेको भनेर सोध्दा अचानक ममाथि मोबाइल प्रहार गरे । त्यसपछि त्यहाँ रहेका केही साथीहरूले सामान्य हातपात गरिदिए', सांसद गुप्ताले भन्नुभयो, 'अनि मैले उनलाई सीडीओ साबकहाँ लिएर गएँ । सीडीओ साबले यसबारे छानबिन गरेर कारबाही गर्ने आश्वासन दिनुभएको छ ।' यता कार्यालय प्रमुख गोइतले भने सांसद गुप्ताले गुन्डा पठाएर आफूलाई कुट्न लगाएको आरोप लगाउनुभएको छ । 'सुरुमा सांसद गुप्ताका पाँचसातजना कार्यकर्ता मेरो अफिसमा आए । कर्मचारी नियुक्तिको सूचना माग्ने बहानामा गालीगलौज गर्दै धम्क्याउन थाले । पछि सांसद गुप्ता आफैं मेरो कार्यालयमा आएर धम्की दिन थाले अनि टेबुलमा रहेको पेपर स्टोनले अचानक प्रहार गरे । मैले पनि प्रतिकार गरें', उहाँले भन्नुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Fight
Weapons Blunt weapon
Primary Cause Other governance issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments