A bomb exploded at the Transport Management Office in Lahan Municipality of Siraha district on Thursday afternoon.
The bomb exploded in the restroom adjoining the Office Chief’s room on the first floor of the building destroying walls, windows, and furniture, according to the DSP Hira Pandey at the Lahan-based Area Police Office.
No human casualties were reported, informed the DSP Pandey
Police have found some materials used to make pressure cooker bomb. However, the culprits and their motivation behind the bomb attack are yet to be ascertained, said the DSP.
Further investigation is underway, said police.
सिराहाको लहानस्थित यातायात व्यवस्था कार्यालयभित्र बम बिष्फोट भएको छ । बिहीबार बिहान कार्यालयको एक तलामाथि रहेको शौचालयभित्र बम विष्फोट भएको हो ।
विष्फोटबाट मानवीय क्षति भने भएको छैन । तर, कार्यालयको झ्यालको शिशा, शौचालयको भित्ता र ढोकामा क्षति पुगेको छ ।
लहानका डिएसपी हिरा पाण्डेले अनलाइनखबरसँग भने, ‘कार्यालय प्रमुख लगायतका सरहरु कार्यकक्षभित्रै हुनुहुन्थ्यो तर सेवाग्राहीहरु थिएनन् । पब्लिक ट्वाइलेटभित्र विष्फोट भएकाले पनि हुनसक्छ मानविय क्षति भएको छैन ।’
उनले बम कसले र किन राख्यो भन्ने नखुलेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । डिएसपी पाण्डेले कस्तो प्रकारको बम हो भन्ने पनि नखुलेको बताए ।
सेवाग्राहीको चाप हुने यातायात कार्यालयभित्रै बम बिष्फोट भएपछि कर्मचारी र सेवाग्राही आतंकित भएका छन् ।