An unidentified group has attacked a petrol bomb targeting a Jeep used by Nepali Congress for the election purpose on Thursday. A jeep registration number Ba 3 kha 1483 was attcked near the bridge of Bijaypur River of Lekhnath in Pokhara Metropolitan city.
District Police Office of Kaski said, "the incident took place at 3 pm and no damage was been made." They are further investigating the case.
पोखरा लेखनाथ महानगरपालिकाको मध्यभागमा पर्ने बिजयपुर खोलाको पुलमा बिहीबार दिउँसो अपरिचित समूहले पेट्रोल बम प्रहार गरेको छ । कांग्रेसको चुनावी प्रचारका लागि पोखराबाट लेखनाथतर्फ गइरहेको बा ३ ख १४८३ नम्बरको जीपलाई लक्षित गरेर बम प्रहार भएको हो ।
अपराहृन करीब ३ बजे भएको घटनामा कुनै क्षेति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बम प्रहार भएपनि गाडी अगाडि बढिसकेकाले क्षेति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । घटनापश्चात प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको छ भने बम प्रहार गर्नेको खोजी तिव्र पारेको जनाएको छ ।
घटना विप्लव माओवादीले गरेको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपी अहिलेसम्म कोहि पनि पक्राउ नगरिएकाले यसै भन्न नसकिने डिएसपी खत्रीले बताए ।
थप घटना हुन नदिन कास्कीका सबै क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको उनले बताए ।
विजयपुर खोलाको पुलमा यसअघि पनि शंकास्पद बस्तु भेटिएको थियो ।