Incident Reports

कांग्रेसलाई लक्षित गरी पोखरामा पेट्रोल बम प्रहार

2017-05-11

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा लेखनाथ महानगरपालिकाको मध्यभागमा पर्ने बिजयपुर खोलाको पुलमा बिहीबार दिउँसो अपरिचित समूहले पेट्रोल बम प्रहार गरेको छ । कांग्रेसको चुनावी प्रचारका लागि पोखराबाट लेखनाथतर्फ गइरहेको बा ३ ख १४८३ नम्बरको जीपलाई लक्षित गरेर बम प्रहार भएको हो । अपराहृन करीब ३ बजे भएको घटनामा कुनै क्षेति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बम प्रहार भएपनि गाडी अगाडि बढिसकेकाले क्षेति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । घटनापश्चात प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको छ भने बम प्रहार गर्नेको खोजी तिव्र पारेको जनाएको छ । घटना विप्लव माओवादीले गरेको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपी अहिलेसम्म कोहि पनि पक्राउ नगरिएकाले यसै भन्न नसकिने डिएसपी खत्रीले बताए । थप घटना हुन नदिन कास्कीका सबै क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको उनले बताए । विजयपुर खोलाको पुलमा यसअघि पनि शंकास्पद बस्तु भेटिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports