Locals of Dhangadhi Sub-Metropolitan-6, Jai have padlocked Dhangadhi Sub-Metropolitan office on Sunday demanding to shift the ward office of Dhunge Bazaar to Basudev Primary School for their ease.
The residents of Jai village had demanded to shift the ward office of Dhunge Bazaar to Basudev Primary School claiming that it will be more accessible to all the local people if they will shift the ward office to Basudev Primary School.
धनगढी उपमहानगरपालिका-६ जाईका स्थानीयबासी वडा कार्यालय पाएक पर्ने ठाउँमा सार्नुपर्ने भन्दै आन्दोलित भएका छन् । उनीहरुले आफ्नो गाउँ नजिक वडा कार्यालय हुनुपर्ने माग राख्दै आइतबार धनगढी उपमहानगरपालिकामा तालाबन्दी गरेर बिरोध जनाएका छन् । गाउँबाट एक स्थानीयको समुहले उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । हाल ढुंगे बजारमा रहेको वडा कार्यालयलाई बसुदेबी माध्यमिक बिद्यालय नजिक सार्ने उनीहरुले माग गरेका छन् । स्थानीयबासी र धनगढी उपमहानगरपालिका बीच आज बह्येको बार्ता बिना निस्कर्ष सकिएको छ ।
वडा कार्यालयको लागि सम्झौता भइसकेकाले सर्न नसकिने धनगढी उपमहानगरपालिकाले जिकिर गरेपछि बार्ता सफल हुन नसकेको हो ।