Incident Reports

Bus hit kills secondary school student in Birgunj

2017-05-22

Madhes, Parsa, Birgunj

A student died on the spot after a school bus of Kadambari Academy hit her in Birgunj of Parsa district this morning. The deceased has been identified as Diya Agrawal (14) daughter of Ram Agrawal of Mahabirsthan in Birgunj. The spokesperson at the District Police Office, Deputy Superintendent of Police Chakra Raj Joshi said that the school bus (Na 2 Kha 893) knocked Diya while she was crossing the road at Mahabirsthan Chok on her way to school today. Diya was a ninth grader at Delhi Public School, Birgunj. Relatives of the deceased and locals have halted traffic along the road section demanding action against the driver and the school management, blaming that the school has put the life of students at risk allowing the person above 65 years and under influence of alcohol to drive the bus, said the DSP Joshi. Adarsha Bazaar has now remained closed in protest of the incident. According to the DPO, an initiative was underway to release the bus driver, who has been made hostage inside the bus. Joshi said that discussion was underway to resume the traffic. Meanwhile, the body of the deceased has been kept at Birgunj-based Narayani Sub-Regional Hospital for postmortem. वीरगंजमा सोमबार बिहान स्कूल बसको ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ । वीरगंजको पावरहाउस चोकमा रहेको कादम्बी एकेडेमीको बसले महावीर स्थानमा ठक्कर दिँदा परवानीपुरस्थित दिल्ली पब्लिक स्कूलको कक्षा ९ मा अध्ययनरत १३ वर्षीया छात्रा दीया अग्रवालको मृत्यु भएको हो ।महावीरस्थानमै घर भएका राम अग्रवालकी छोरी दिया , स्कूल जानका घरबाट निस्किएर सडकमा पुगेका बेला बिहान करीब सवा ८ बजे विद्यार्थी बटुल्दै गइरहेको कादम्बरी एकेडेमीको ना २ ख ८९३ नम्बरको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तर मृतकका आफन्त र स्थानीय प्रत्यक्षदर्शीले भने सडक पार गर्दै गरेकी दियालाइ कादम्बरी एकेडेमीको बसले ठक्करर दिँदा उनी सडकमा लडेपछि चालकले बस ब्याक गरेर किचेर मारेको आरोप लगाएका छन् ।चालकले मादक पदार्थ सेवन गरेको र उनीसँग सवारी चालक अनुमतिपत्र लाइसेन्स पनि नभएको स्थानीयवासीले बताएका छन् । ठक्कर दिने बसमा स्थानीयवासीले तोडफोड पनि गरेका छन् । दियाको मृत्यु भएपछि उनका आफन्त र स्थानीयवासीले घटनास्थलमै चिकित्सक बोलाएर चालकको मापसे चेकजाँच गर्न माग गर्दै ठक्कर दिने बस र चालकलाइ लैजान नदिएपछि महावीरस्थानमा केही बेर तनावउत्पन्न भएको थियो। प्रहरीले जवरजस्ती बस र चालकलाई लैजाने प्रयास गर्दा स्थानीयले रोक्न खोजेपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा मृतक दियाका छिमेकी निरन्जन चौधरीको टाउको फुटेको छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको छ । प्रहरीले बिहान साढे १० बजे बस र चालकलाइ सुरक्षा घेरामा राखेर जिल्ला प्रहरी कार्यालय पर्सामा लगेको छ । दियाको मृत्यु भएपछि त्यसको विरोधमा महावीरस्थान र आदर्शनगरका व्यपारीले बिहान ११ बजेसम्म पसल बन्द गरेका थिए । मृतक दियाको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले चालक र बसलाइ जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको बताउनुभयो । यसैबीच नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघल बसका चालकले बस ब्याक गरेर विद्यार्थीको हत्या गरेको भन्दै नेविसंघले घटनाको निन्दा गर्दै मंगलबार एक दिन पर्साका सम्पूर्ण विद्यालय बन्द गर्न आह्वान गरेको छ । नेविसंघले दोषीमाथि कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी समेत गरेको नेविसंघ केन्द्रीय सदस्य सुधिर पटेलले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 1
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments