Incident Reports

Accused of human trafficking arrested

2017-05-21

Lumbini, Rupandehi, Siddharthanagar, Ward 1

Police have arrested two accused on charge of attempting to traffick 33 years , 47 years and 38 years women to India luring them of good job. The victims were rescued in coordination with Maiti Nepal from Belhiya check-post. Police accused them of attempting to traffick women luring them of better life. The accused were 26 years old Swastika Rana of Kapilbastu Municipality-4 and Nirmal Shres,45 of Butwal Sub-metropolis-5. The victims did not have any travelling documents with them as they said they were travelling to Dubai. Police suspected them and arrested according to SI Yam Bahadur Bohara of District Police Office of Rupendehi. ३३ वर्षीया, ४७ वर्षीया र ३८ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा बेलहिया नाकाबाट जेठ ६ गते साँझ तीन जना महिलाको उद्धार गरी दुई जना आरोपितलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ । आरोपितद्वय कपिलवस्तु नगरपालिका-४ की २६ वर्षीया स्वस्तिका राना र बुटवल उपमहानगरपालिका-५ का ४५ वर्षीय निर्मल श्रीष रहेको प्रहरीले जनाएको छ । दुवई जान हिँडेका महिलासँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात नभएकोले बेचबिखनका लागि लैजान थालेको दुवई पठाउने भन्ने बहाना मात्र भएकोले जेठ ७ गते मानव बेचबिखन तथा ओसार-पसारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सई यमबहादुर बोहोराले बताए ।

0 Comments