Incident Reports

चोरी विषयमा विवाद हुँदा छुरा प्रहार

2017-05-31

Province 1, Sunsari, Dharan

पैसा चोरेको विषयमा साथी साथी बीच विवाद हुँदा बुधबार बिहान धरान–१५ बाझोगरास्थितस्थित रात्रि बसपार्कमा आफ्नै साथीलाई छुरी प्रहार गरी घाइते बनाएका छन् । प्रहरीका अनुसार उदयपुरको थानागाउ बस्ने ‘काँचो राई’ भनिने ५९ वर्षीय भूपाल राईले आफ्नै साथी ४५ वर्षीय अजुव वान्तावा राईलाई छुरा हानी घाइते बनाएका हुन् । घाइते अजुवको शरीरको छाती पेटका ६ ठाउँमा छुरी प्रहार भएको छ । घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार रिक्सा चलाएर जिविका चलाउने उनीहरु सडकमा सुत्ने र दुईजना बीच पैसा चोरेको विवाद भएपछि भूपाल राईले अजुव राईलाई छुरा हानेको बुझिएको छ । साथीलाई छुरा हान्ने भूपाल शारीरिक रुपले एउटा खुट्टा मुस्किलले चल्ने सक्ने अवस्थाका छन् । छुरी प्रहार गरेर भाग्दै गरेको बेला पक्राउ परेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अजुव वान्तावाले एकसाता अघि ल्याएको सातसय रुपैयाँ भूपालले चोरेका थिए । बुधबार बिहान पनि भूपालले अजुवको बाँकी रहेको २ सय रुपैयाँ चोर्न खोजेपछि विवाद हुँदा भूपालले आफुसँग भएको छुराले अजुवलाई शरीरको ६ ठाउँमा प्रहार गरेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Siraha , Local Newspaper - Saptari , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments

Related Reports