Incident Reports

सङ्घीय गठबन्धनद्वारा निर्वाचन अधिकृतको कार्यलय घेराउ

2017-05-31

रामग्राम नपा, प्रतापपुर गाउँपालिकाको बेलाटारी र पाल्हीनन्दन गाउँपालिकाको कुश्मामा रहेका निर्वाचन अधिकृतको कार्यालय अगाडि राष्ट्रिय जनता पार्टी सम्मिलित सङ्घीय गठबन्धनका कार्यकर्ताहरूले नाराबाजी गर्दै कार्यालय घेराउ गरेका छन् । जेठ १७ गते गठबन्धनका कार्यकर्ताहरूले आफ्ना कुनै पनि माग पुरा नगरी निर्वाचनको मिति घोषणा गरेको आरोप लगाउँदै सोको विरोधमा केन्द्रीय कार्यक्रम अनुसार निर्वाचन कार्यलय घेराउ गरेको बताएका छन् । गठबन्धनका जिल्ला संयोजक मुकरजी गिरी र राष्ट्रिय जनता पार्टीका क्षेत्रीय अध्यक्ष रामकृत यादवको नेतृत्वमा भएको घेराउ कार्यक्रममा बोल्ने वक्ताहरूले आफूहरूको सहभागिता बिना हुने निर्वाचन मान्य नहुने र कुनै पनि अवस्थामा निर्वाचन सफल हुन नदिने चेतावनी दिएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports