Incident Reports

Narayanionline: Youth vandalize ICU in Chitwan Medical College over death of patient| | चितवन मेडिकल कलेजको आईसियु कक्षमा तोडफोड, सुरक्षा गार्ड घाईते, सात पक्राउ ।

2017-06-01

Bagmati, Chitawan, Bharatpur

Youths of Chitwan vandalized the Intensive Care Unit in Chitwan Medical College on June 1 over the death of a patient who was admitted after being hit by a vehicle at Chainpur. Roman Tamang, resident of Rapti Municipality-9 was brought to CMC after he got hit by a car on April 25. It is said that the agitators broke glass widow of the ICU and man-handled the hospital staff. According to the hospital, the deceased's family had already been informed about the slim chances of saving Tamang's life. However, they still resorted to violence. Police has arrested 7 people involved in the incident and is carrying investigation. उपचारको क्रममा एक युवकको ज्यान गएपछि आक्रोशित युवाहरुले चितवन मेडिकल कलेजको सघन कक्ष (आईसियु कक्ष)मा सिसा तोडफोड गरेका छन् । केही दिन अघि दुर्घटनामा परि सिकिस्त भएका राप्ती नगरपालिका–९ बस्ने वर्ष १७ का रोमन तामाङको आज विहान उपचारको क्रममा मृत्यु भएपछि केही युवाले आईसियु कक्षको सिसा फुटाएको अस्पतालले जनाएको छ । आक्रोसित युवाहरुले अस्पतालमा रहेका सुरक्षा गार्डलाई कुटेर आईसियु कक्षमा प्रवेश गरेका थिए । आक्रोशित युवाहरुले अस्पतालका अन्य कर्मचारीहरुलाई समेत हातपात गरेको अस्पतालका अपरेशन म्यानेजर पारस अधिकारीले नारायणी अनलाईनलाई जानकारी दिए । उनले मृतक परिवारलाई घटना बारे जानकारी गराई सकेर शव उठाउने क्रममा बाहिरबाट आएका केही युवाले अन्धाधुन्ध प्रवेश गरि सिसाहरु तोडफोड गरेको जानकारी दिए । उनले भने–“एक्कासी होहल्ला गर्दै केही युवाहरु अस्पताल प्रवेश गरे, रोक्न खोज्दा खोज्दै सिसा फुटाए ।” अपरेशन म्यानेजर अधिकारीले केहीदिन अघि देखि नै बिरामीको बारेमा अभिभावकहरुलाई जानकारी गराई सकेको र अभावकहरु पनि सबै घटना बुझि सक्दा पनि यस्तो घटना भएको बताए । “चिकित्स र अस्पतालले बिरामीलाई बचाउन नसकिने बारे जानकारी गराई सकेको थियो, आज निधन भईसक्दा पनि अभिभावकहरु अस्पतालको सबै प्रक्रिया पुरा गरि शव बुझेर लैजान तरखबर थिए”–अधिकारीले भने । प्रहरीले अस्पतालमा तोडफोड गर्ने ७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यही वैशाख १२ गते पूर्वी चितवनको खैरहनगरपालिका चैनपुरस्थित राजमार्गमा पूर्वबाट आउँदै गरेको ना ४ च १३०६ नम्बरको बोलेरोले ना ४५ प २३८७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा १७ वर्षीय तामाङ घाईते भएका थिए । उनको दुवै खुट्टा भाचिएको र फोक्सोमा समस्या भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments