Police have arrested Maoist cadre Shakti Raj Rai on June 2 on charge of attacking CPN UML cadre Santosh Rai of Jante Dhunga Village council-2 with sharp weapons while he was in election dissemination on June 1.
According to the victim, the accused had attacked him with a sharp weapon in a normal dispute between them.
The victim sustained a deep cut in his leg and was taken to Area Health Office after a primary treatment at health post of Bopung according to UML District chairperson Babi Chamling.
The CPN UML Jantedhunga village committee had released a press statement after the incident and condemned the attack.
The accused was arrested based on the complaint lodged by the vistim’s party according to the police.
Sunita Magar
स्थानीय तहको निर्वाचनमा पार्टी प्रचारमा रहेका जन्तेढुङ्गा गाउँपालिका-२ का एमाले कर्याकर्ता सन्तोष राईलाई जेठ १८ गते धारिलो हतियार प्रहार गरी आक्रमण गरेको आरोपमा प्रहरीले सोही ठाउँका माओवादी केन्द्रका कार्यकर्ता शक्तिराज राईलाई जेठ १९ गते गिरफ्तार गरेको छ ।
पीडित राईका अनुसार सामान्य भनाभनबाट विवाद सुरु भएपछि आरोपितले खुर्पाले आफूमाथि जथाभावी प्रहार गरेर घाइते बनाएका हुन् ।
हतियार प्रहारबाट पीडितको घुँडामा गहिरो चोट लागेकोले उनको सामान्य उपचार स्वास्थ्य चौकी वोपुङमा गरेपछि थप उपचारका लागि जेठ १९ गते इलाका स्वास्थ्य कार्यालयमा लगिएको एमालेका जिल्ला अध्यक्ष बबि चाम्लिङले बताए ।
घटनापश्चात नेकपा एमाले जन्तेढुङ्गा गाउँपालिका कमिटीले एक प्रेस विज्ञप्ति जारी गरी आरोपितमाथि कडा कारबाही गर्न माग गरेको छ ।
पीडित पक्षको उजुरीका आरोपमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरी घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सुनिता मगर