Incident Reports

एमाले कार्यकर्तालाई आक्रमण गरेको आरोपमा माओवादी केन्द्रका कार्यकर्ता गिरफ्तार

2017-06-01

Province 1, Khotang, Jantedhunga, Ward 2

Sunita Magar स्थानीय तहको निर्वाचनमा पार्टी प्रचारमा रहेका जन्तेढुङ्गा गाउँपालिका-२ का एमाले कर्याकर्ता सन्तोष राईलाई जेठ १८ गते धारिलो हतियार प्रहार गरी आक्रमण गरेको आरोपमा प्रहरीले सोही ठाउँका माओवादी केन्द्रका कार्यकर्ता शक्तिराज राईलाई जेठ १९ गते गिरफ्तार गरेको छ । पीडित राईका अनुसार सामान्य भनाभनबाट विवाद सुरु भएपछि आरोपितले खुर्पाले आफूमाथि जथाभावी प्रहार गरेर घाइते बनाएका हुन् । हतियार प्रहारबाट पीडितको घुँडामा गहिरो चोट लागेकोले उनको सामान्य उपचार स्वास्थ्य चौकी वोपुङमा गरेपछि थप उपचारका लागि जेठ १९ गते इलाका स्वास्थ्य कार्यालयमा लगिएको एमालेका जिल्ला अध्यक्ष बबि चाम्लिङले बताए । घटनापश्चात नेकपा एमाले जन्तेढुङ्गा गाउँपालिका कमिटीले एक प्रेस विज्ञप्ति जारी गरी आरोपितमाथि कडा कारबाही गर्न माग गरेको छ । पीडित पक्षको उजुरीका आरोपमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरी घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सुनिता मगर
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments

Related Reports