Incident Reports

Locals closed Madi municipality demanding justice

2017-06-06

Bagmati, Chitawan, Madi

(updated) locals have closed Madi Municipality demanding investigation in to death of two girls. The girls were found dead in Majuwa irrigation pond at Ramrajyapur of Madi Municipality-6. Transportations, educational institutes, factories are completely closed in the municipality. The agitated locals picketed Ilaka Police Office on 05 June. चितवनको माडीमा दुई बालिकाहरुको बलात्कारपछि हत्या गरिएको भन्दै स्थानीयले आज माडी बन्द गराएका छन् । माडी नगरपालिका वडा नम्बर– ६ रामराज्यपुरस्थित मजुवा सिंचाइँ पोखरीमा २० गते शनिबार बिहान १० बजे पिकनिक खान भनी घरबाट हिँडेका थिए । १० वर्षकी दिपिका सुनार र वर्ष ११ की दीपशीला परियारको शव पोखरीमा फेला परेको थियो । मृतक २ बालिका मध्ये १ जनाको गुप्ताङ्गबाट रगत आएको र शरीरका अन्य भागमा पनि रगत लागेको र आँखाको माथिल्लो भागमा चोटपटक देखिएकाले बालिकाहरुको बलात्कार पछि हत्या गरेर फालेको हुन सक्ने स्थानीयको अनुमान छ । स्थानीयबासीले अनुसन्धानमा दबाव दिनका लागि सोमबार दिउँसो इलाका प्रहरी कार्यालय माडी घेराउ गरेका थिए । बालिकाहरुको हत्या भएको भन्दै उनीहरुले अपराधीलाई खोजी गरी तत्काल कारबाहीको माग गरेका छन् । घटनाका बारेमा थप बुझ्न भन्दै सोमबार जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापा, मुद्दा फाँटकी प्रहरी अनुसन्धान अधिकृत अञ्जना श्रेष्ठ, जिल्लाका महिला अधिकारकर्मी, डाक्टर र पत्रकारसहितको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल अवलोकनपछि स्थानीय र अधिकारकर्मीले बालिकाको बलात्कारपछि हत्या गरी पोखरीमा फालेको दाबी गरेका छन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले कसैले कर्तव्य गरेर बालिकालाई पोखरीमा फालेको हुन सक्ने भन्दै घटनाको सुक्ष्म तरिकाले अनुसन्धान हुनुपर्ने बताए । मृतक बालिकाहरुको भरतपुर अस्पतालमा पोर्टमार्टम गरिए पनि अझै रिर्पोट आएको छैन । चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बालिकाको अपराधिक गतिविधिबाट मृत्यु भएको हुन सक्ने आशंकामा ५ जना युवा र केही बालबालिकाहरुसँग पनि सोधपुछ गरिएको बताए । बन्दबाट जनजीवन प्रभावित बन्दका कारण माडीबाट सदरमुकाम भरतपुर चल्ने र पर्साको ठोरी जाने सवारी साधनहरु रोकिएका छन् । माडी बजारसमेत बन्द छ । माडीबाट चल्ने लामा तथा छोटा दुरीका सबै सवारी साधन रोकिएका छन् । पसल,उद्योग धन्दा, शैक्षिक संस्थासमेत बन्द भएका छन् । बन्दका कारण स्नातक तेस्रो बर्षको परीक्षा दिन भरतरपुर जाने विद्यार्थीहरु प्रभावित भएका छन् । त्यसैगरी बगईदेखि बाँदरमँुढेको घटनाको सम्झनामा गर्न लागिएको कार्यक्रममा जानेहरुलाई पनि समस्या परेको छ । रहस्यमय मृत्युका सम्बन्धमा अनुसन्धान गरी घटनामा संलग्नलाई तत्काल कारबाहीको माग गर्दै सोमवार माडीका बिधार्थीहरु र्‍यालीसमेत निकालेका थिए । update........................................ People from Madi Municipality-6 of Chitwan, led by women rights activists, picketed the District Police Office and the District Hospital in Bharatpur on Wednesday, demanding a thorough investigation into the deaths of Deepika Sunar, 10, and Deepshila Pariyar, 11. Deepika and Deepshila, who had gone for a picnic with their friends on Saturday, were found dead in a pond. The girls’ families have claimed that they were raped and murdered. They have refused to receive the bodies, demanding the perpetrators be arrested and brought to justice. Superintendent of Police Dipak Thapa said they were questioning five suspects in connection to the incident. Police have also sent the girls’ viscera samples to Kathmandu for analysis.
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Other Sources , Local Newspaper - Chitwan

0 Comments