Incident Reports

Annapurna: Case filed against traffickers

2017-06-08

Bagmati, Kathmandu, Kathmandu

Kanchanpur Police has filed a case against three alleged human traffickers. Case was filed against 39-year-old Tulasi Sunar, a resident of Mahakali-8,38-year-old Sanu Tamang and 42-year-old Mangal Singh Waiba in accusation of trafficking women to Dubai and other countries of the middle-east through India. कञ्चनपुर प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा लामो समयदेखि संलग्न रहदै आएकी कञ्चनपुरकी एक महिलासहित अन्य २ जनालाई मानव बेचबिखन तथा ओसारपसारबिरुद्ध मुद्धा चलाएको छ । भारतको दिल्ली हुदै दुवई लगायतका विभिन्न खाडी मुलुकमा महिलालाई अवैध रुपले पठाउने कार्यमा संलग्न दलालको स्थानीय एजेन्टका रुपमा काम गर्दै आइरहेकी कञ्चनपुरको महाकाली नगरपालिका ८ की ३९ वर्षीया तुलसी सुनार सहितका तीन जनालाई मुद्धा चलाएर कारबाही अघि बढाइएको हो । कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी भीमबहादुर दाहालका अनुसार मकवानपुरको मनोहरी २ बस्ने ३८ वर्षीया सानु तामाङ र बारा रतनपुर ४ का ४२ वर्षीय मंगलसिंह वाईवा रहेका छन् । ‘कञ्चनपुरको महाकाली नगरपालिका घर भएकी स्थानीय महिला तुलसी सुनार स्थानीय एजेन्टका रुपमा लामो समयदेखि काम गर्दै आइरहेको खुल्न आएको छ' प्रहरी प्रवक्ता डीएसपी भीम दाहालले भन्नुभयो,‘ अन्य २ जनाका विषयमा हामीले थप अनुसन्धान गर्ने काम गरिरहेका छौं' । उनीहरु समेत अहिले पक्राउ परेपनि लामो समयदेखि नै यसमा संलग्न भएको हुन सक्ने प्रहरीको भनाई छ । जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गर्ने काम अघि बढेको प्रहरीले जनाएको छ । ‘पक्राउ परेकाहरुबाट अन्य थप कुराहरु पनि आउने हुँदा अनुसन्धान गरिरहेका छौं' डीएसपी दाहालले भन्नुभयो,‘ पछिल्लो समय पश्चिमी नाका गड्डाचौकीमा चेकजाँचका क्रममा दिल्ली लैजान लागिएका महिलाको उद्वार हुने क्रम बढेको थियो' । सोमबार महेन्द्रनगर पुर्‍याइएका ६ जना महिलालाई कञ्चनपुरको महाकाली नगरपालिका ७ कन्जभोज हुदँै भारत कटाउन लाग्दै गर्दा स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गर्न सफल भएको थियो । स्थानीय एजेन्ट तुलसी सुनारको सहयोगमा ५ जिल्लाका ६ जना महिलालाई महेन्द्रनगर हुदैँ दोधारा चाँदनीको बाटो भएर भारत कटाउन लागिएको थियो । काठमाण्डौ-दिल्ली सञ्चालन हुने बसमै सवार भएर आएका उनीहरुले स्थानीय महिलाकै सहयोगमा गड्डाचौकीको बाटो नभएर दोधारा-चाँदनी हुदै ६ जना महिलालाई भारत लैजान लागेका थिए । पछिल्लो समय गड्डाचौकीमा बसमा चेकजाँचका क्रममा दिल्ली पुर्‍याउन लागिएका महिलाहरुको रोकथाम हुन लागेपछि ओसारपसारमा संलग्नहरुले दोधारा चाँदनीको बाटो रोजेको प्रहरीको भनाई छ । सोमबार प्रहरीले मकवानपुरका २, सर्लाहीकी १, सुनसरीकी १, सिन्धुपाल्चोककी १ र नवलपरासीकी १ जना महिलाको उद्वार गरेको थियो । महेन्द्रनगर बसपार्कमै ओर्लिएका उनीहरुले एशियाकै दोस्रो लामो झोलुङ्गे पुल भ्रमण गर्न जाने बहाना बनाएर मोटरसाइकल भाडामा लिएर हिडेका थिए । मोटरसाइकल चालकलाई शंका लागेर स्थानीय प्रहरी चौकीमा खबर गरेपछि प्रहरीको टोलीले पक्राउ गरी महिलालाई उद्वार गर्न सफल भएको थियो । उद्वार गरिएका ६ जना महिलालाई दिल्ली हुदैँ दुवई पठाउन लैजान लागिएको थियो । दुवई लगायतका विभिन्न मुलुकमा कमाई राम्रो हुने भन्दै प्रलोभन देखाएर दलालले पछिल्लो समय महिला तथा बालबालिका ओसार पसार गर्ने काम तिब्र पारेका छन् ।
National/Online Media

0 Comments