Incident Reports

OnlineKhabar: Road obstruction

2017-06-07

Madhes, Saptari, Saptakoshi, Ward 9

East-west highway near Rupnagar of Kanchanpur municipality in Saptari has been obstructed by the parents and relatives of Feku Yadav who was found hanged in a mango tree on 6th June near his house. Family of Feku Yadav is claiming that his death was a murder and not suicide. The locals and relative of the deceased obstructed the road in the morning of 7th June from 8 to 9am. The road obstruction ended after a police team of Kanchanpur area police office came and gave commitment to investigate and punish the offender. According to the deceased Yadav's mother he had dispute with some locals on Monday regarding a land issue. सप्तरीको कंचनरुप नगरपालिका ९ रुपनगरस्थित पूर्व पश्चिम राजमार्गमा चक्काजाम भयो । सडकमै केहि बेन्चहरु राखिएको थियो । बेन्च अगाडि एक महिला सुतिरहेकी थिइन् भने अर्की महिला बच्चा बोकेर बसेकी थिइन् । उनीहरुको माग थियो, ‘हाम्रो मान्छेको हत्या भयो, हत्यारालाई पक्राउ गरी कार्वाही गरियोस् ।’ मंगलबार दिउँसो घर नजिकैको आँपको बोटमा झुण्डिएको अवस्थामा मृत भेटिएका कंचनरुप नगरपालिका ९ रुपनगर निवासी फेकु यादवले आत्महत्या गरेको नभई हत्या भएको भन्दै उनको परिवारजन सडकमै सुतेर चक्काजाम गरेका छन् । बिहान ८ देखि ९ बजेसम्म एक घण्टा सडक जाम गरे उनको परिवारजन र स्थानीयहरुले । दुई महिलालाई अगाडि राखेर स्थानीयहरु एक घण्टा सडकमा बसे । मृतककी छोरी किनादेवीले आफ्नो बुवाको हत्या भएको बताइन् । उनले भनिन्, ‘सोमबार मात्रै जग्गा सम्बन्धमा स्थानीय केही व्यक्तिसँग झगडा भएको थियो । झगडा भएको केहि घण्टामै बुवा झुण्डिएको अवस्थामा फेला परेकाले आत्महत्या नभई हत्या हो ।’ उनले आफ्नो बुवाको हत्या गरेको सम्बन्धमा तीन जनाबिरुद्व किटानी जाहेरी तयार पारेकी छन् । स्थानीय लखन यादव, भोला यादव र शत्रुद्यन यादवले हत्या गरेको उनीहरुको दाबी छ । र, तीनै जनालाई पक्राउ गर्दै माग गर्दै चक्काजाम गरेका हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरबाट आएको टोलीले घटनाको अनुसन्धान गर्ने र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्वता व्यक्त गरेपछि उनीहरुले चक्काजाम खोलेका थिए । घटनाको अनुसन्धान हुँदैछः प्रहरी फेकु यादवको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डिएसपी यादवराज उप्रेतीले पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने बताए । उनले फेकु र आरोप लगाइएका व्यक्तिबीच जग्गा विवाद सम्बन्धमा मंगलबार बिहान इलाका प्रहरी कार्यालयमा छलफल हुँदा नाप, नक्शा गराउने सहमति भएको र त्यसको केहीबेरमै उनी झुण्डिएको फेला परेको सम्बन्धमा अनुसन्धान गरिरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments