Incident Reports

Bridegroom arrested from the marriage spot

2017-06-08

Province 1, Sunsari, Itahari, Ward 17

Police have controlled the bridegroom from the marriage site on June 8 on charge of marrying underage girl. Bhim Bahadur Katwal,24 of Haraicha Municipality-11 was controlled by the child network of the district and handed over to the police on charge of marrying 16 years old girl who is under the age of marriage. The furious bridegroom party had even abused Rajendra Dhimal, branch officer of the child networking of the district. The bridegroom is in custody at Area Police Office of Pakali. He will be charged according to the law said inspector Shanta Ram Karki. इटहरी उपमनपा-१७ मा बालविवाह गर्ने बेहुलालाई जग्गेबाटै नियन्त्रणमा लिएर जेठ २५ गते बाल सञ्जालले प्रहरीको जिम्मा लगाएको छ । १६ वर्षीया बालिकालाई विवाह गर्दै गरेका मोरङको सुन्दर हरैचा नगरपालिका-११ का २४ वर्षीय भीमबहादुर कटुवाललाई नगर बाल सञ्जालले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीमा बुझाएको हो । घटनालाई लिएर आक्रोशित जन्ती र स्थानीयले नगर बाल सञ्जाल र इटहरी उपमहानगरपालिकाका शाखा अधिकृत राजेन्द्र धिमालमाथि हातपात समेत गरेका छन् । १८ वर्ष बताउँदै आएकी तर १६ वर्ष उमेर भएकी बालिका र भीमबहादुरबिच विवाह भइरहेको थाहा पाएपछि बाल अधिकार संरक्षण गरेको नगर बाल सञ्जालका अध्यक्ष नवराज भट्टराईले बताए । जग्गेबाट बाल सञ्जालले प्रहरीमा जिम्मा लगाएका बेहुला इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा छन् । उनलाई कानुन अनुसार कारबाही अगाडि बढाइने इन्स्पेक्टर शान्तराम कार्कीले बताए ।

0 Comments