Incident Reports

Female temporary police sexually abused by police

2017-06-08

Female Temporary Police has accused Police of sexual abuse. Mina Lama (Name Changed) is a bachelor level student who joined temporary police to earn money for her education but she was sexually abused by high level police official. DSP Nabin Rai of District Police Office, on the other hand, shared that case has not been filed regarding the incident. He added that if complaint is filed, immediate action would be taken against the perpetrator. महिला म्यादी प्रहरीले प्रहरीबाटै आफूहरुमाथि यौन हिंसा भएको आरोप लगाएका छन् । यस संवाददाताको सम्पर्कमा आएका पीडित म्यादी प्रहरीले कानूनको पालना गराउने निकायबाटै यौन हिंसा गरिएको भन्दै आक्रोश पोखे । बनेपामा ब्याचलर पढ्दै गरेकी मिना लामा (नाम परिर्वतन) पढार्ई खर्च जुटाउनकै लागि म्यादी प्रहरीमा भर्ना भइन् । भर्ना भएसँगै उनी प्रहरीका केही उच्च पदस्थ कर्मचारीको यौन हिंसाको शिकार भइन् । प्रहरीबाटै यौन हिंसा होला भन्ने कहिलै नसोचेकी लामाले अहिले आफूले व्यर्थै जागिर खाएछु भनि पश्चाताप भइरहेको बताइन् । स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरी भर्ना गरेको थियो । आकर्षक तलब पाउने आशामा भर्ना भएका महिला म्यादी प्रहरी प्रहरीबाटै दुरव्यवहार खोप्नु पर्छ भन्ने कहिलै नसोचेको बताउँछन् । तर अहिले ठिक उल्टो भएको पिडितहरुले बताए । बनेपामा डेरा गरी ब्याचलर पढदै गरेकी २४ वर्षीय (रिना थापा) नाम परिर्वतन पनि ड्युटीकै समयमा आफ्नै हाकिमबाट यौन दुरव्यवहारमा परिन् । सुरु सुरुमा त उनले यसलाई सामान्य रुपमै लिइन् तर एक दिन राती सुतिरहेको समयमा हाकिमले बलात्कार गर्ने प्रयास नै गरेपछि भने उनलाई आफ्नो अस्मिता रक्षा गर्नै धौधौ पर्यो । ‘राति बल्ल बल्ल फुत्किएँ अब जागिर जान्नँ’ उनले पिडा सुनाइन् । ‘पढाई खर्च होला भनेर जागिर खाएँ तर त्यहाँ त इज्जत नै बाँकी नरहने भो त्यसैले जागिर छोड्छु’ उनले थपिन् । काभ्रेमा पछिल्लो समय म्यादी प्रहरी माथि भएका यौन हिंसाका घटनाहरु विस्तारै बाहिर आउन थालेका छन् । कतिपय घटनाहरु भने भित्र भित्रै मिलाएर साम्य पारिएको स्रोत बताउँछ । कतिपय घटनामा आर्थिक प्रलोभन देखाएर मिलाउने गरिएको छ भने कतिपय घटनालाई धम्काएरै बाहिर आउन दिइएको छैन । यस विषयमा जिल्ला प्रहरी कार्यलका डिएसपी नविन राईसँग बुझ्दा आफूकहाँ अहिलेसम्म कुनै उजुरी नपरेको बताए । सामान्य मानिसहरुले त प्रहरीकोमा उजुरी गर्नु पर्छ भने अझ प्रहरीमै जागिर खाएर पिडित हुनु भनेको लज्जास्पद हो भन्दै उनले उजुरी परे तत्काल कार्वाही गर्ने बताए । काभ्रेमा साढे ३ सय ५० महिला म्यादी प्रहरी छन् । जसमध्ये १ सय जनाले जागिर छोडिसकेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments